यसैक्रममा नेपाली जनसम्पर्क समिति मकाउका सभापति लेख बहादुर गुरुङबाट साविक सिलदुजुरे गाबिस–१ चिप्ली हाल पोखरा १३ उज्वलटोल निवासी अतिबिपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।
सो टोलका बखत बहादुर बिक, अमरबहादुर बिक र गजाको आमा साबिक पाँचे गाबिस हाल सोही टोलमा बस्ने अति बिपन्न सुकमाया बिक र साबिक देउराली गाविस रूपा गाउँपलिका हाल ढल्केपुल बस्ने अति सनिसा गुरुङ्गलाई प्रतिव्क्ति १ बोरा चामल, नुन, तेल, मस्यौरा, दाल चिनी र बिस्कुट लगायतका खाद्यान्न सहयोग गरेका छन् ।
त्यसैगरी जनसम्पर्क समिति मकाउका सभापति गुरुङले सिक्लेसमा शनिवार अचानक आगलागी भई पीडित भएका आस माया परियारका परिवारलाई तत्काल खाद्यान्न समस्या पर्ने भएकाले ३० केजी बरावरको १ वोरा चामल, कालो दाल १ केजी, चिनी १ केजी, १ प्याकेट चियापत्ती, तेल १ केजी र विस्कुट १ प्याकेट स्थानीय युवा भोलामान गुरुङ मार्फत आज साँझ सहयोग पुर्याएका छन् ।