चितवन । तमु प्ये ल्हु संघ चितवनले राष्ट्रिय जनगणनामा गुरुङको मौलिक धर्म बोन लेख्न र लेखाउन गाउँगाउँमा चलाएको अभियानलाई थप तिव्र पारेको छ। राष्ट्रिय जनगणनाको मिति नजिकिएसँगै संघले चितवनको गाउँगाउँमा सो अभियानलाई तीव्र रुपमा सञ्चालन गरेको हो।

सो अभियानमा तमु प्ये ल्हु संघ चितवनको नेतृत्वमा संघको महिला समिति, युवा समिति लगायतको सहभागीता रहेको छ।
