Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALचिली क्होईबों धींको उद्घाटन यहीं पौष २८ गते हुने

चिली क्होईबों धींको उद्घाटन यहीं पौष २८ गते हुने

चिली क्होईबों धींको उद्घाटन यहीं पौष २८ गते हुने
पौष १९ २०७८ | कास्कीको मादी गाउँपालिका वडा नं १ सिक्लेसमा निर्माण सम्पन्न भएको चिली क्होईबों धींको उद्घाटन यहीं पौष २८ गते हुने भएको छ । चिली क्होईबों समितिका अनुसार पौष २८ गते बिधिवत उद्घघाटन कार्यक्रम सङ्गसँगै क्वोंइबो निर्माणका लागी जग्गा दान गर्नुहुने जग्गादाता तथा आर्थिक, भौतिक र नैतिक सहयोग गर्नुहुने देशविदेशका व्यक्तिविशेष, संघसंस्थाहारुलाई धन्यवाद सहित सम्मान गर्ने कार्यक्रम राखिएको छ । यस्तै पौष २९ गते बाँकी रहेका सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम हुने समितिका सचिव गेहेन्द्र गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार साँस्कृतिक कार्यक्रमका लागि रुपा गुरुङ र याम बहादुर गुरुङले संयोजन गर्नुहुनेछ ।

उद्धघाटन कार्यक्रमका लागि आउने पाहुनाहरुको व्यवस्थापनका लागि सिक्लेस युवा क्लवले स्वयमसेवक परिचालन गर्ने क्लवका अध्यक्ष पदम गुरुङले बताउनुभयो । यस अघि २०७७ वैशाख २२ गते र २०७८ वैशाख २५ गते गरी २ पटक उद्घघाटनका लागी मिती तय गरिएकोमा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण प्रशासनले जारी गरेको निशेधाज्ञाको पालना गर्दै कार्यक्रम स्थगित गरिएको अर्थ संकलन समितिका संयोजक पम बहादुर गुरुङले बताउनुभयो । यस पटक भने केही सहज अवस्था रहेकाले कास्की क्षेत्र नं १ का सांसद खगराज अधिकारी बाट समितिको पुर्ववत् निर्णय वमोजिम उद्घघाटन कार्यक्रम राखिएको पनि गुरुङले जानकारी दिनुभयो ।

करिब १७ रोपनी क्षेत्रमा बनेको चिली क्होईबों भित्र क्होईबों धीँ, कार्यालय, कार्यालय सहयोगी आवास कक्ष, पितृहरुको स्मृतिमा रु ५ लाख भन्दा बढी सहयोग गर्नुहुने सहयोगी दाताका पितृका मुर्तीहरु, रु १ लाख भन्दा बढी आर्थिक सहयोग गर्नुहुनेहरुको फोटो, तथा अन्य सहयोगीहरुको नामावली मार्बलमा सुनौलो अक्षरमा लेखिएको छ । यस्तै घुमाउने घर, पितृका नाममा बत्ती बाल्ने कक्ष, तमु प्ये ताँ, ल्हु ताँ बारे अध्ययन गर्न इच्छुक प्रशिक्षार्थीहरुका लागी प्रशिक्षण कक्षहरु, हरेक कार्यक्रम गर्न मिल्ने किसिमले हल तथा कोठाहरु, पुस्ताकलय, गुरुङ संग्रालय, विशिष्ठ अतिथी कक्ष, तथा अन्य अतिथिहरुका लागी कक्षहरु, भान्छाघर, ढिकी, ढुङ्गे धारा, हेली प्याड लगायतका निर्माण गरिएका छन ।

क्होईबों परिसर भित्र गुरुङ परम्परा अनुसार गरिने जन्म, विवाह, मृत संस्कार, पय कार्य लगायत सबै किसिमका कार्यक्रम गर्न सकिने योजनाका साथ संरचनाहरु निर्माण गरिएको निर्माण समिती संयोजक डब्लुटुओ बल बहादुर गुरुङले बताउनुभयो । चिली क्होईबों नेपाल भरी कै नमुना बनेको दाबी गर्दै यहाँ गुरुङले मात्र नभई गैर गुरुङले पनि कुनै पनि किसिमका कार्यक्रम गर्न सक्ने डब्लुटुओ गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार संरचना निर्माणमा २ करोड १५ लाख र ५० लाख भित्री अन्य सजावटहरुमा गरी हाल सम्म क रिब २ करोड ८५ लाख खर्च भएको छ ।

Photo Gallery : Facebook Album

https://www.facebook.com/media/set/?set=a.1603944213277619&type=3

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments