Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALचियापान कार्यक्रम समापन

चियापान कार्यक्रम समापन

पोखरा चेम्वर अफ कमर्स कास्कीको आयोजनामा बुधबार चियापान कार्यक्रम समापन भएको छ । विजयादशमी, शुभदीपावली नेपाल सम्वत ११४३ तथा छट पर्वको अवसरमा भएको कार्यक्रममा बोल्नुहुँदै जिल्ला समनन्वय समिति कास्कीका अध्यक्ष लिलाधर पौडेलले मुलुकको आर्थिक समृद्धिमा सवैको दायित्व भएको बताउनुभयो । समृद्धिका लागि सरकारी तथा गैर सरकारी संघ संस्था र जनप्रतिनिधीहरु सवैलाई एकसाथ अघि वढ्न आग्रह गर्नुभयो । साथै मुलुकमा वढ्दै गएको महंगी र भ्रष्टचारी नियन्त्रणमा समेत सवै एक हुनुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले अनुगमनलाई प्रभावकारी रुपमा अघि वढाउनुका साथै, सम्वन्धीत निकाय सवैको सुरक्षा लाग्ने र कानुन कार्यन्वयनमा जोड दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । औषधी व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष कृष्ण पाण्डेले डेंगुबाट जोगिनका लागि आग्रह गर्नुभयो ।

पोखरा चेम्वर अफ कमर्स कास्कीका अध्यक्ष यमनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उमराज बास्तोलाले स्वागत मन्तव्य राख्नुभएको थियो भने, कार्यक्रम सञ्चालन महासचिव नवराज आचार्यले गर्नुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments