चण्डी पूर्णिमामा डढुवा दुर्छा लमजुङ तमु समाज पोखराद्वारा बाह्रमासे घाँटु नृत्य प्रदर्शन सम्पन्न
८ जेठ २०७९ पोखरा ।
चण्डी पूर्णिमामा डढुवा दुर्छा लमजुङ तमु समाज पोखराद्वारा आयोजित दुईदिने बाह्रमासे घाँटु नृत्य प्रदर्शन हिजो जेठ ७ गते शनिबार पोखरा-१० शिवटोलमा सम्पन्न भएको छ । बाह्रमासे घाँटु नृत्य प्रदर्शन जेठ ६ गते र ७ गते दुई दिन प्रदर्शन गरेका थिए ।
घाँटु नृत्यका गुरु तथा घाँटु नृत्य संयोजक खेम बहादुर तमुको अनुसार लमजुङमा घाँटु चार प्रकारको भएतापनि आफुहरुले बाह्रै महिना प्रस्तुत गर्न सकिने बाह्रमासे घाँटु नृत्यलाई यो वर्ष दुईदिन पोखरामा प्रदर्शन गरेको हो भन्नु भयो ।
कार्यक्रमको प्रमुख व्यक्तित्व गण्डकी प्रज्ञा प्रतिष्ठानका कार्यवाहक कुलपति गोरे तमुले तमु जातिको मौलिक संस्कृतिको रुपमा परिचीत घाँटु सम्भवत लोप भइसकेको अवस्थामा लमजुङ डढुवा दुर्छाले प्रदर्शन गर्नु ज्यादै राम्रो कार्य हो यसलाई संरक्षण र प्रवर्द्धन गर्नका लागि गण्डकी प्रज्ञा प्रतिष्ठान पनि लागि परेको र आर्थिक सहयोग गर्ने छ भन्नुभयो ।
बसाइँसराइको क्रममा गाउँदेखि पोखरा आइ बसोबास गरेका तमुहरुलाई आफ्नो गाउँको संस्कृति देखाउन लागेका हौं समाजका अध्यक्ष सि.आइ धन बहादुर तमु बताउँछन् ।
दुईदिन सम्म प्रदर्शन गरेको सो कार्यक्रम अध्यक्ष सि.आइ धन बहादुर तमुको अध्यक्षतामा र गण्डकी प्रज्ञा प्रतिष्ठानका कार्यवाहक कुलपति गोरे तमुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा तमु प्ये ल्हु संघ परिवार, तमु धिं नेपाल परिवार लगायत अन्य समाजका विशेष व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेका थिए ।
कार्यक्रमको औपचारिक सन्चालन समाजका सचिव कृपा कुमार तमुले गरेका थिए ।
फोटो एल्बम
चण्डी पूर्णिमामा डढुवा दुर्छा लमजुङ तमु समाज पोखराद्वारा बाह्रमासे घाँटु नृत्य प्रदर्शन सम्पन्न
https://www.facebook.com/media/set/?set=a.1699604937044879&type=3