पाेखरा । कास्कीको रमणीय गाउँ घान्द्रुकमा ३ करोड रुपीयाको लागतमा निर्माण हुन लागेको तमु क्हाेईबाे (गुरुङ मन्दिर)को नक्सा केहिदिन अघि मात्र सार्बजनिक भएको छ ।
उक्त क्हाेईबाे तमु प्ये ल्हु संघ घान्द्रुक ईकाई समितिको पहलमा बन्दै छ र उक्त क्होईबो निर्माणको लागि घान्द्रुकमा जन्म भइ हाल देश बिदेशमा बसोबास गर्ने तमुहरुबाट लाखौं आर्थिक सहयोग आउने क्रम जारी भइरहेका छन् |
घान्द्रुकमा बन्ने क्हाेईबाेको थ्रीडी नक्सा सार्बजनिक भए लगत्तै अहिले सामाजिक संजालमा धेरैले मन पराएका छन् ।
करीब ५ करोडको लागतमा बन्ने उक्त क्हाेईबो थ्रीडी आकारमा बन्नेछ । जुन क्हाेईबोको डिजाईन ई. विन्दु रेग्मीले तयार पारेको हो ।