गुरूङ (तमु)को पुरोहित (पच्यु) गुरूद्वरा पाँच(५) जना पच्यु चेलाहरुको दिक्षान्त समारोह सम्पन्न |
२०७७ फाल्गुन १३ | मणी सरब्ज तमु
वालीङ्ग | गुरूङ (तमु)को पुरोहित (पच्यु) गुरूद्वरा पाँच(५) जना पच्यु चेलाहरुको दिक्षान्त समारोह सम्पन्न |
गण्डकी प्रदेश स्याङजा जिल्ला वलिङ नगर पलिका वडा नं ४ सबिक एलादि गा.बि.स. बस्यनी गाऊमा पहिलो गुरुङ(तमु) पुरोहित(पच्यु) दिक्षान्त समारोह सम्पन्न भएको छ |
शेष बहादुर प्हच्यु तमुको अध्यक्षता तथा गुरुङ जाति मौलिक बोन धर्मको एक मात्र संस्था तमु प्ये ल्हु संघ नेपालका प्रथम उपाध्यक्ष एवं गण्डकी प्रदेश संयोजक प्रमुख भोज राज क्रोम्छे तमुको प्रमुख अतिथ्यमा भएको उक्त दिक्षान्त समारोहमा पच्युगुरू खोमन ल्हों तमुले २४ वर्षीय चेला सोबर्ण ल्हो तमु र २२ वर्षीय चेला दिनेश ल्हों तमु , पच्युगुरू श्री यमन ल्हों तमुले, ५३ वर्षीय चेला कमल प्हच्यु तमु र ३३ वर्षीय बिरेन्द्र प्हच्यु तमु र पच्युगुरू श्री नबिन ल्हों तमुले २३ बर्षीय बसन्त प्हच्यु तमुलाई पच्यु गुरुले लगाउने पोशाक, प्ये क्ष्या, प्ये तँ ल्हु तँका किताब, मन्त्र जप्ने माला, छ्याँले र ङ्गह(ढ्यांग्रो) प्रदान गरि दिक्षान्त दिएका थिए |
यो दिक्षान्त समारोहलाई तमु भाषामा पच्यु भारा न्वोबा पनि भन्दछन | पच्यु गुरुको दिक्षान्त पाउन यी पांच चेलाहरुले अनौपचारिक रुपले १२ बर्ष देखि पच्यु गुरुको पछी लागेका थिए तर अहिले औपचारिक रुपमा ६ महिनासम्म तमु(गुरुङ)को जन्म, विवाह र मृत्यु कार्यमा पढ्ने धर्म शास्त्र(प्ये तँ ल्हु तँ), तन्त्र मन्त्र बचन तथा यन्त्र बाजा बजाउने कठिन प्रशिक्षण उतिर्ण गरे पछि पच्यु गुरुहरुले चेलाहरुलाई (पच्यु भर बोक्ने) दिक्षान्त दिएको हो | पच्यु गुरू खोमन, यमन र नविन ल्हो तमु, शक्तिशाली पच्यु पैडी गरु स्व. पीम बहादुर ल्हों तमुका चेला तथा छोराहरु हुन् | पच्यु पैडी गुरू स्व. पीम बहादुर ल्हो तमु , कुशल शिक्षक्, राजनीतिक नेता तथा तमु(गुरुङ) खेमा लिपिका पहिलो प्रतिपादक हुन् | उहाँले आफैले खेमा लिपि बनाएर तमु प्ये तँ ल्हु तँ, मन्त्रहरु खेमा लिपिमा लेखि आफ्ना चेलाहरुलाई प्रशिक्षण दिएका थिए |
दिक्षान्त समारोहमा बोल्दै प्रमुख अतिथि भोजराज क्रोम्छे तमुले नयाँ पच्यु भारा बोकेका(दिक्षान्त)लिएका पच्युहरुलाई भन्नु भयो तपाईहरुले हाम्रो तमुको प्ये तँ ल्हु तँमा जे लेखेको छ र प्ये क्ष्यामा जे छ त्यहि गर्ने र धनको लोभमा परेर प्ये क्ष्यामा नभएको कुराहरु नगर्न अनुरोध गर्नु भयो | अब निकट भविष्यमा तमु प्ये ल्हु संघ नेपाल शक्तिघाट पोखरामा तमु धर्म र भाषा सिकाउने बिद्यालय स्थापन हुने जानकारी पनि दिनु भयो |
समरोहमा बोल्दै तमु ह्युला गुरुङ राष्ट्रिय परिषद गण्डकी प्रदेशका अध्यक्ष पदम राज प्हच्यु तमुले भन्नु भयो, तमु(गुरुङ)को मौलिक धर्म, संस्कार, सांस्कृति, परम्परा र पहिचान हजारौं वर्ष देखि पच्यु गुरुहरुले अहिले सम्म सम्रक्षण सम्बर्द्धन गर्दै बचाउदै ल्याई रहेको छ | अब तमु प्ये तँ ल्हु तँलाई लेखि प्रकाशन गरि प्रचार प्रसार गर्नु पर्छ |
दिक्षान्त समारोहमा अतिथि वालिङ नगरपालिका वडा नं ३ का अध्यक्ष श्री शुक्रराज तमु, वडा नं ४का अध्यक्ष श्री रनध्वज गुरूङ, बस्यनी, वालिङ नगरपालिका जनप्रतिनिधि, भद्रभलदमी, बुद्विजिवी र गाउँबासीहरु बाक्लो उपस्थित रहेको थियो भने समारोह संचालन पच्यु गुरू कमल प्हच्यु तमुले गरेका थिए |
समारोहका अध्यक्षले दिक्षान्त पाएका नयाँ पच्यु गुरूहरुलाई आफुले सिकेको तमुको प्ये क्ष्या, तमु प्ये तँ ल्हु तँमा जे छ त्यहि कार्य जन्म, विवाह र मृत्यु संस्कारमा गर्न अनुरोध गर्नु भयो र आफुले सिकेको प्ये तँ ल्हु तँ र क्ष्या तँ आफ्ना भावी चेलाहरुलाई आफुले सिकेको जस्ताको तस्तै सिकाउनु भन्दै समारोह समापन गर्नु भयो |