Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALगुरुङ साहित्यिक मञ्च नेपालमा ५ जना सल्लाहकार र २ जना सदस्य मनोनीत

गुरुङ साहित्यिक मञ्च नेपालमा ५ जना सल्लाहकार र २ जना सदस्य मनोनीत

गुरुङ साहित्यिक मञ्च नेपालमा ५ जना सल्लाहकार र २ जना सदस्य मनोनीत
गुरुङ साहित्यिक मञ्च नेपालको नव निर्वाचित कार्य समितिको पहिलो बैठकले मञ्चको सल्लाहकार र दुई जना कार्य समितिको मनोनयन गरेको छ ।

मञ्चकी अध्यक्ष गौरी तमूको अध्यक्षतामा बसेको पहिलो बैठकले मञ्चको सल्लाहकारहरुमा एकेन्द्र गुरुङ (युके), तीर्थ गुरुङ (कास्की), गुरुङ रामप्रकाश ‘समथिङ’ (पाँचथर), शान्ति गुरुङ (कास्की), भिम गुरुङ (रुपन्देही) लाई मनोनयन गरेको छ ।

यस्तै मञ्चको खाली रहेको दुई जना कार्य समितिको सदस्यहरुमा अमृत गुरुङ (कास्की) र आश गुरुङ (लमजुङ) लाई मनोनीत गरिएको मञ्चकी अध्यक्ष गौरी तमूले जानकारी दिनुभयो ।

मञ्चले यसअघि हरेक महिनाको अन्तिम शुक्रबार गर्दै आएको नियमित रचना वाचन कार्यक्रमलाई निरन्तरता दिदै अबदेखि रचना वाचनसँगै तमू जातिको मौलिक संस्कार र संस्कृतिको विभिन्न विषयमा पनि छलफल र बहर गर्ने भएको छ ।

यस्तै मञ्चले विशेष महत्वका कार्यक्रमहरुमा भन्दा बाहेक आसन ग्रहण, भाषण, फूलमाला र खादालाई प्राथमिकतामा नराख्ने निर्णय समेत गरेको छ ।

साथै बैठकले मञ्चको अफिसियल मिडिया पाटर्नरमा मादी न्युज डटकम, तमूमै ताँ र अफिसियल फोटोग्राफरमा मणि सरब्ज तमूलाई नियुक्त गरेको छ ।

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments