Google search engine
Homeसमाचार | NEWSमनोरञ्जन | ENTERTAINMENTगुरुङ फिल्म एसोसियसन (जिफान) को समितिले पूर्णता पायो

गुरुङ फिल्म एसोसियसन (जिफान) को समितिले पूर्णता पायो

पोखरा, २१ भदौ

“सबै मनभित्र गुरुङ चलचित्र”नाराका साथ क्रियाशिल गुरुङ फिल्म एशोसिएशन नेपाल(जिफान)ले पूर्णता पाएको छ। तमु चलचित्रकर्मीहरुको छाता संस्था जिफानको छैटौं राष्ट्रिय महाधिवेशनमा उमेदवारी दर्ता नभई रिक्त रहेको पदहरुमा शुक्रवार जिफानको पदाधिकारीको छलफलले मनोनयन गर्दै जिफानको कार्यसमितिले पुर्णता पाएको हो।


पोखरा १२ माटेपानीस्थित जिफानको केन्द्रिय कार्यलयमा एक कार्यक्रमको आयोजना गरि रिक्त रहेको कोषाध्यक्ष पदमा पुर्ब प्राबिधिक विभाग प्रमुख प्रेमबहादुर गुरुङ, संघसंस्था विभाग प्रमुखमा चितवनका अमिर गुरुङ र सदस्यहरुमा पवित्रा गुरुङ, अनुशा गुरुङ, प्रीति गुरुङ, भारती घलेलाई मनोनित गर्दै सदस्यहरुलाई जिफानका अध्यक्ष भोज बहादुर गुरुङले सपथ ग्रहण गराउन भएको थियो । कार्यक्रममा कोषाध्यक्ष प्रेम बहादुर गुरुङ अनुपस्थित रहेकोले उहाँहरुलाई कार्यसमितिको पहिलो बैठकमा सपथ ग्रहण गराउने भएको छ।

यस अघि अधिवेशनले जिफानको अध्यक्षमा भोजबहादुर गुरुङ, प्रथम उपाध्यक्ष गुन्जबहादुर गुरुङ, द्वितीय उपाध्यक्ष रेशम गुरुङ, महासचिव मनोज गुरुङ, सचिव तोल बहादुर गुरुङ (लब्सन), गीत संगीत बिभाग प्रमुख राज बहादुर गुरुङ, प्राबिधिक बिभाग प्रमुख सन्तोष कोन्मे, आर्थिक बिभाग प्रमुख अर्जुन गुरुङ, प्रचारप्रसार बिभाग प्रमुख रमेश गुरुङ, महिला बिभाग प्रमुख ईन्द्रमाया गुरुङ, संघ–संस्था बिभाग प्रमुख गल गुरुङ (दिपु), निर्माता निर्देशक बिभाग प्रमुख सोम गुरुङ, भाषा तथा संस्कृति बिभाग प्रमुख गम बहादुर गुरुङ (गजेन्द्र),सदस्यहरु क्रमश बिश्वात्म गुरुङ, तारा कुमारी गुरुङ, मोहनमाया गुरुङ र आईतराम गुरुङ रहेको कार्यसमिति निर्वाचित गरेको थियो ।

यसै विच नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक ऐतिहासिक तथा पर्यटकिय गुरुङ गाउँ भुम्दिमा बस्ने भएको छ। असोज ३ र ४ गते कार्यसमिति, बिभागिय प्रमुख तथा सदस्यहरु उपस्थित रहने बैठकले जिफानको वार्षिय कार्ययोजना तयार गरिने अध्यक्ष भोजबहादुर गुरुङले जानकारी दिनुभयो।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments