Sunday, May 29, 2022
Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALगुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)को अध्यक्षमा गुञ्ज गुरुङ सर्वसम्मत

गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)को अध्यक्षमा गुञ्ज गुरुङ सर्वसम्मत

पोखरा, १३ चैत । “सबैको मनभित्र गुरुङ चलचित्र” नाराका साथ क्रियाशिल गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)को सातौं राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ।

गत असोज १६ गते दोश्रो राष्ट्रिय अधिवेशनको उद्घाटन समारोह सम्पन्न पश्चात बन्दसत्रमा वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पारितसँगै नेतृत्व चयनको प्रक्रियामा केही समस्याका कारण स्थगित भएको अधिवशेनको बाँकी कार्यसमिति चयनको कार्यक्रम शनिवार पोखरा १२ भद्रकालीस्थित नादा तमु समाज सभाहलमा सम्पन्न भएको हाे ।

६ महिनापछि सहमतिको वातावरणसहित शुरु भएको स्थगित अधिवेशनले सर्वसम्मत रुपमा जिफानको अध्यक्षमा गुञ्जबहादुर गुरुङ, प्रथम उपाध्यक्ष सन्तोष कोन्मे गुरुङ, द्धितिय उपाध्यक्ष प्रेमबहादुर गुरुङ, महासचिव तोलबहादुर(लब्सन) गुरुङ, सचिवमा रमेश गुरुङ, कोषाध्यक्ष अर्जुन गुरुङ, संघ संस्था समन्वय विभाग प्रमुख कुबिना गुरुङ, निर्माता निर्देशक विभाग प्रमुख आइतराम गुरुङ, भाषा सँस्कृति विभाग प्रमुख खुसबहादुर गुरुङ, गीत संगीत विभाग प्रमुख बिबेक गुरुङ,प्रचार विभाग प्रमुख पवित्रा गुरुङ, महिला विभाग प्रमुख प्रिति गुरुङ,सदस्यहरुमा पुनम गुरुङ,काशीमाया गुरुङ, राजकुमार गुरुङ, टेकमान गुरुङ, विष्णुप्रसाद गुरुङ, तोलप्रसाद गुरुङ, ओमप्रकाश गुरुङ र महेन्द्र गुरुङ चयन भएका छन्।

निर्वाचित कार्यसमितिलाई तमु धिं नेपालका अध्यक्ष तथा जिफानको आन्तरिक समस्या समाधानका लागि तमु संघ संस्थाहरुको तर्फबाट संयोजनको पहलकद्मी गरेका हुमबहादुर गुरुङले खादा लगाएर बधाई ज्ञापन गरेका थिए । निर्वाचन समितिका संयोजक माओत्से गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराए ।

कार्यक्रममा तमु संघ संस्थाहरुको तर्फबाट संयोजनको पहलकद्मी गरेका हुमबहादुर गुरुङले बधाई तथा शुभकामना व्यक्त गरे । गुरुङ समुदायमा गुरुङ चलचित्रकर्मीहरुको भूमिका, जिफानभित्रको आन्तरिक एकताको आवाश्यकताका बारेमा भनाई राख्दै नवनिर्वाचित कार्यसमितिलाई तमु संघ संस्थाहरुको तर्फबाट सक्दो सहयोग हुने बताए ।

नवनिर्वाचित अध्यक्ष गुञ्जबहादुर गुरुङले जिफानका सदस्यहरु बिच एकतालाई सुदृढ बनाउन आफ्नो सक्दो पहल हुने प्रतिवद्धता जनाउनुहुदै साथ सहयोगका लागि अनुरोध गरे ।

सहमतिबाटै नेतृत्व चयनका लागि अधिवेशनका प्रतिनीधिहरुले थप दवाव दिए पछि सर्वसम्मतको अवस्थामा पुगेको निर्वाचन समितिका संयोजक माओत्से गुरुङले बताए। संयोजक गुरुङको अध्यक्षतामा भएको अधिवेशनमा निर्वाचन समितिका सदस्यहरु गिरीप्रसाद गुरुङ र प्रितम गुरुङले कार्यक्रम संचालन गरेका थिए ।
Photo Album https://www.facebook.com/media/set?vanity=mani.gurung.tamu&set=a.1659242927747747

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments