
हुम तमु/ पोखरा, २५ असोज
कोभिड १९ कोरोना भाईरसको महामारीले नेपालमा संक्रमितहरु बृद्धि भईरहेको बेला बेल्जियमलाई कर्मभुमि बनाउनुभएका समाजसेवी तमुहरुले गण्डकी प्रदेश सरकारलाई ३ थान अक्सिजन कन्सनट्रेटर सहयोग गरेको छ।

मुख्यमन्त्री कार्यालय परिसरमा कार्यक्रम आयोजना गरी बेल्जियमको सहयोग गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई एनआरएन युकेका प्रमुख संरक्षक, वरिष्ठ समाजसेवी मेजर डमर घलेले हस्तान्तरण गरेका हुन।
कोरोनाको संक्रमण दिनानुदिन बृद्धि भईरहेको अवस्थामा नागरिकको स्वास्थ्योपचारमा सघाउ पुगोस भनि कुल मुल्य २ लाख ५२ हजारको अक्सिजन कन्सनट्रेटर मुख्यमन्त्री गुरुङलाई हस्तान्तरण गरिएको हो।

जन्मभुमिको समस्यामा, विपत, संकटमा सहयोग गर्नुहुने तमु समाज बेल्जियमको पहलमा सहयोगका लागि धन्यवाद दिन चाहान्छु। जन्मभुमिको प्रदेश सरकारलाई सम्झेर कोभिड नियन्त्रणका लागि सघाउन आइसियुमा २४ सै घण्टा आवाश्यक हुने अक्सिजन मेशिन सहयोग गरेकोमा खुशी व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश सबै जिल्लाका अस्पतालहरुलाई सुविधा सम्पन्न गर्ने पहलमा अक्सिजन मेशिनले नागरिकको स्वास्थ्योपचारमा ठुलो सघाउन पुग्ने विश्वास व्यक्त गरे। साथै दशै, तिहार र ल्होसारको शुभकामनासहित बेल्जियमबासी सहयोगदाताहरुको सुख, शान्ति र समृद्धिको कामना गरे।


बेल्जियमका सहयोगीहरु सहयोग र मुख्यमन्त्री गुरुङलाई जोड्ने माध्यम बनेका बरिष्ठ समाजसेवी मेजर डमर घलेले गण्डकी प्रदेशमा जन्मेर बेल्जियमलाई कर्मथलो बनाएका गुरुङहरुले जन्मभुमिको कोरोनाको कहरमा थोरै भने पनि सहयोग भावना अनुसार समृद्ध नेपालको दिगो विकास नै हामी प्रवासीको चाहना भन्ने मर्मका साथ अक्सिजन मेशिन सहयोग गरेको बताए। बेल्जियममा रहेर जन्मभुमिका लागि सहयोग गर्नुहुनेहरुको मेजर घलेले विवरण प्रस्तुत गरेका थिए। उनको अनुसार तमु समाज बेल्जियमकी अध्यक्ष नन्दकुमारी गुरुङ,/कर्णबीर गुरुङ पर्वत ठानामौला १२० युरो, लमजुंग क्होला सोथर नजरे साम्रोका पदमबहादुर/बबिता गुरुङ १०० युरो, लमजुंग मस्र्यांङदी ताङ्लीचोकका टंकप्रसाद/डोल्मा गुरुङ १०० युरो, पर्वत आर्थर डाडाखर्क बालेन्द्र/दिपा गुरुङ १०० युरो, कास्की बरालडाडाका मेघराज गुरुङ ५० युरो, ङादी बजारका प्रदिप घले/छ्युदा गुरुङ २०० युरो, चितवन रामपुरका नन्दराज घले/काशी घलेले १०० युरो, तनहु थप्रेकका खगेन्द्र/शेरकुमारी गुरुङ २०० युरो, पोखरा मियाँपाटनका गंगा/मिना गुरुङले १२० युरो, पोखरा शान्तिटोलका राजु/इश्वरी गुरुङ १०० युरो, पोखरा तालचोकका चित्र/मनु गुरुङ १५० युरो, कास्की रुपाकोटका कुमार/मुना गुरुङ १५० युरो, गोर्खा बारपाकका राम घले/सुष्मा घले १०० युरो, लमजुंग क्होलासोथरका राजेन्द्र गुरुङ/रोशनी घले २०० युरो, पर्वत लामेकी चन्द्रकुमारी(इशा) गुरुङ ५० युरो, पर्वत भँगरा विकास/स्मृति गुरुङ ५० युरो,लमजुंग क्होला सोथर घाम्राङका चित्रजंग(केशबहादुर)/धनकाशी गुरुङ २२० युरो सहयोग गरेको जानकारी दिए।
भिडियो (Video)


फोटो ग्यालेरी (Photo Gallery)
{AG}belgium-gurung-community-rahat{/AG}