Google search engine
Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATIONगण्डकी प्रदेश र महानगरपालिकाको कोरोना नियन्त्रण कोषमा तमु प्ये ल्हु संघलको सहयोग

गण्डकी प्रदेश र महानगरपालिकाको कोरोना नियन्त्रण कोषमा तमु प्ये ल्हु संघलको सहयोग

पोखरा, २३ वैशाख । तमु प्ये ल्हु संघले गण्डकी प्रदेशद्वारा सञ्चालन भएको कोरोना भाइरस रोग नियन्त्रण तथा उपचार कोषमा सहयोग  गरेको छ ।

संघले सामाजिक उत्तरदायित्वअनुसार आज मंगलवार प्रदेशको कोरोना भाइरस रोग नियन्त्रण तथा उपचार कोषमा एक लाख ३५ हजार रुपैयाँ जम्मा गरेको हो ।

तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी टु तमु, महासचिव हर्कबहादुर योज तमु, कोषाध्यक्ष ओमबहादुर थिम्जें तमु, तमु प्ये ल्हु संघ गण्डकी प्रदेशका उप्ध्यक्ष कुल प्रसाद सरब्ज तमु र तमु प्ये ल्हु संघ कास्की जिल्लाका कार्यबाहक अध्यक्ष निम प्हच्यु तमुले  प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।


यसैगरी तमु प्ये ल्हु संघले पोखरा महानगरपालिकाको राहात कोषमा पनि रकम जम्मा गरेको छ । संघका अध्यक्ष हितकाजी टु तमुको टोलीले पोखरा महानगरपालिकाको राहात कोषमा ७५ हजार रुपैयाँ बराबरको चेक मेयर मानबहादुर जिसीलाई हस्तान्तरण गरे ।

पोखरा महानगरका सूचना अधिकारी भरतराज पौडलका अनुसार राहत कोषमा जम्मा भएको रकम मध्ये ३ करोड २० लाखको राहत वितरण गरिएको छ । पोखरा महानगरपालिकाको प्रकोप व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२००३०७०२०००२ मा रकम जम्मा गर्न सकिने छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments