पोखरा । गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पोखराबाट तमू पत्रकार राम तमू पुरस्कृत हुने भएको छ । तमूलाई २०७७ सालको गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिन लागेको हो।
पुरस्कारको राशि २५ हजार १ रुपैयाँ र सम्मानपत्र छ । यही साउन २० गते एक कार्यक्रमबीच पुरस्कार प्रदान गरिनेछ ।
विशेषतः फोटो पत्रकारितामा क्रियाशील पत्रकार तमू पोखरामा २ दशकदेखि पत्रकारितामा क्रियाशील छन् ।
प्रतिभा छनोट समितिका संयोजक अग्रज पत्रकार कोमलनाथ बराल, सदस्य कृष्णप्रसाद बाँस्तोला, श्याम कुँवर, पत्रकार महासंघ अध्यक्ष विमला भण्डारी र सचिव माधव बराल रहेको समितिले गरेको सिफारिसलाई महासंघको आइतबारको बैठकले अनुमोदन गरेको हो ।