Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALगजल शिरोमणि मोतीराम भट्टको जन्मजयन्ती भव्य रूपले सम्पन्न

गजल शिरोमणि मोतीराम भट्टको जन्मजयन्ती भव्य रूपले सम्पन्न

अनेसास कोरिया च्याप्टरले प्रत्येक वर्षझैँ यो वर्ष पनि गजल शिरोमणि मोतीराम भट्टको १५७औं जन्मजयन्ती गजल वाचनका साथ भव्य रूपले सम्पन्न गरेको छ ।

भट्टको सम्झनामा चार उत्कृष्ट गजलकारका वजनदार वाचनले कार्यक्रमको गरिमा बढाएको थियो । भर्चुअल माध्यमबाट सम्पन्न सो कार्यक्रममा गजलकारहरू विनोद परिवर्तित, गोपीकृष्ण लामिछाने, लक्ष्मी रेग्मी खनाल र विजय अधिकारीले आफ्ना सुन्दर गजलहरू प्रस्तुत गरेका थिए ।

च्याप्टरका अध्यक्ष ह्यारी बोन्डको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रका अध्यक्ष गोवर्धन पुजाले विशेष अतिथिको भूमिका निर्वाह गरेका थिए । नेपाली साहित्य कौशलको विकासका लागि मोतीरामले आफ्नो जीवनको अत्यन्त कम समयमा गरेको प्रयास अतुलनीय रहेको बताउँदै अनेसास केन्द्रका अध्यक्ष पुजाले श्रष्टाहरूको रचना सारगर्भित र निकै उत्कृष्ट रहेको उल्लेख गरे । च्याप्टरका सल्लाहकार आरएन अधिकारीले संयोजन गरेको उक्त कार्यक्रमको सञ्चालन महासचिव लोकराज न्यौपानेले गरेका थिए ।

भाषासाहित्य​, सङ्गीत र​ कलाको विकास, विस्तार​ र​ उन्नय​न​मा अन​व​र​त सक्रिय​ संस्था अनेसास कोरिया च्याप्ट​रले भानु ज​य​न्ती, ल​क्ष्मी जयन्ती, मोती जयन्तीलगाय​त विभिन्न सन्दर्भ विशेष कार्यक्रम तथा स्र​ष्टा सम्मान, कविता प्रतियोगिताजस्ता सम्मेल​न​को आयोजना ग​र्दै आएको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments