पोखरा, आदिवासी जनजाति पत्रकार महासंघ गण्डकीका सदस्य एवं खेलकुद पत्रकार मञ्च गण्डकीका कार्यसमिती सदस्य एवम फोटो पत्रकार उमेश पुन र पत्रकार धनबहादुर गुरुङ (सुमन) मोटरसाइकल दुर्घटनामा परेका छन ।
मुख्य मन्त्री कप प्रदेश स्तरिय फुटबल प्रतियोगिताको फाइनल खेलको समाचार संकलन गरि फर्कदै गर्दा चाउथे नजिक दुर्घटनामा परेको अग्रज फोटो पत्रकार सुदर्शन रंजितले बताए ।
प्राथमिक उपचारका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पछि सिटी स्क्यानका लागि दुबैलाई मनिपाल लगिएको छ । अहिले दवैको मनिपाल शिक्षण अस्पतालमा भइरहेको जनाईएको छ । उमेशको हात र दाहिने आँखा नजिकै चोट लागेको र सुमनको नाकमा चोट लागेको रंजितले जानकारी दिए ।
उमेश हाल नागरिक दैनिकमा फोटो पत्रकारको रुपमा कार्यरत छन भने सुमन रेडियो तरगंमा कार्यरत छन ।
मिलनवल्ड डट न्युज(MILANWORLD.NEWS) दुवैको सिघ्र स्वास्थलाभको कामना गर्दछ ।