Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALखाल्डोमा पुरेको तरकारीको क्षेतीपूर्ति दिन ६ दलको माग

खाल्डोमा पुरेको तरकारीको क्षेतीपूर्ति दिन ६ दलको माग

खाल्डोमा पुरेको तरकारीको क्षेतीपूर्ति दिन ६ दलको माग

पोखरा, जेठ २४

पोखरा वडा नं १५ मा क्रियाशिल ६ राजनीतिक दलहरुले पोखरा १५ अमिनतरामा खाल्डो खनि ४ गाडी तरकारी पुरेको विषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । साथै उनिहरुले घटनाले नेपालभर वडावासीहरु लज्जित हुनु परेको बताएका छन् ।

वडामा क्रियाशिल ६ दलका प्रतिनिधि तथा प्रमुखहरुले संयुक्त रुपमा पोखरा महानगरपालिकालाई एक ज्ञापन पत्र बुझाउँदै यस विषयको छानबिन गरि उचित क्षतिपूर्तिको माग गरेका छन् भने तरकारी पुर्ने कार्यलाई आइन्दा नदोर्याउने प्रतिवद्धता जाहेर गर्न माग गरेका छन् ।

सर्वत्र खाद्यान्न र तरकारीजन्य सामग्रीको अभाव भईरहेको छ । विश्व स्वास्थ्य संगठनले समेत खाद्य तथा तरकारीजन्य बस्तुबाट कोभिड १९ को संक्रमण नहुने भनिरहेको छ। यस्तो बेलामा विज्ञता हाँसिल गरेकाहरुसंग जाँच र अन्य राजनीतिक दल, नागकि समाजसंग सल्लाह नै नगरी भिड र प्रतिशोधको लह लहैमा पोखरा महानगरपालिका वडा नं १५ अमिनतरामा खाल्डो खनि ४ गाडी तरकारी पुरेको विषयमा वडाध्यक्षको निर्णय क्षमताको कमिले गर्दा नेपालभर हामी वडावासीहरु लज्जित हुन परेको ज्ञापन पत्रमा उल्लेख छ ।

दलहरुको साथ, सहयोग लिन चासो नदिएकोमा खेद व्यक्त

नेपाली कांग्रेसका सभापति टोप बहादुर थापा, राप्रपाका अध्यक्ष घनश्याम गौतम, जनता समाजवादीका अध्यक्ष जस बहादुर गुरुङ, देशभक्त जनामोर्चा नेपाल प्रतिनिधि भिम बहादुर श्रीष, विवेकशील नेपालका प्रतिनिधि रिञ्जीवि वराल र राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष लोक बहादुर जर्घा मगरले संयुक्त रुपमा पोखरा महानगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै विषम परिस्थितिमा समेत नागरिकको लागि आवस्यक सहयोग र सरोकारको विषयमा वडामा रहेका दलहरुको साथ, सहयोग लिन चासो नदिएकोमा खेद व्यक्त गरिएको छ ।

पारदर्शिता सहितको विस्तृत जानकारी दिन माग

ज्ञापन पत्रमा विकास निर्माणका सम्वन्धमा वडावासीको सर्वोपरि हित र वडाको सम्पतिको संरक्षणको बारेमा शुरुदेखि हालसम्म गरिएका कामको पारदर्शिता सहितको विस्तृत जानकारी दिन माग गरेका छन् ।

शैक्षिक संस्थाहरुको संचालन र व्यवस्थापनका सम्वन्धमा जानकारी र सहभागिता गराउन माग गरिएको छ । यस्तै कोरोना संक्रमणको कारण जारि लकडाउनको समयमा विपन्न, असहाय, न्यून आय भएका एवं ज्यालादारी मजदुरीबाट खर्च चलाएकाहरुको लागि राहत दिन गरिएको छनौट प्रकृया र वितरणमा निष्पक्षता, पारदर्शिता, विश्वसनियताका विषयमा यथार्थ जानकारी हुनुपर्ने माग गरिएको छ । यसबा बारेमा राजनीतिक आस्था र अन्य प्रभावका बारेमा कुरा उठिरहेकाले आइन्दा जनसरोकारकाा विषयमा अन्य राजनीतिक दलहरुको समेत सहभागिताको माग गरिएको छ ।

ज्ञापन पत्रमा लेखिएको छ, :“विषम परिस्थितिको सामना गर्दै वडाको चौतर्फि विकास र नागरिक संगका सरोकारका विषयमा सबै राजनीतिक पार्टीहरुको सहमति र सहकार्यबाट हरेक समस्याको समाधानमा सहजता, पारदर्शिताबाट हुन्छ । यसलाई कमजोरी नठानि कतैबाट प्रभावित नभई सच्चा जनप्रतिनिधिको रुपमा काम गरीयोस् र सबै मिलेर वडावासीको सेवा र सहयोग गरौं ।” यस्ता घटनाबाट बचौं । तरकारी फोटो :सोसल मिडिया

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments