Google search engine
Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATIONक्होला टहों धीं तमु समाज राम बजारले च्यु ल्होसार भब्यताका साथ सम्पन्न...

क्होला टहों धीं तमु समाज राम बजारले च्यु ल्होसार भब्यताका साथ सम्पन्न गरे ।

पुष २६, पोखरा | तमु समुदायको महान पर्व च्यु ल्होसारको शुभ अवसरमा क्होला टहों धीं तमु समाज राम बजार,  पोखराले आज बिहान  आफ्नै  समाज घरमा समाजका पच्यु चिबा कुलबहादुर क्रोम्छे तमुबाट छ्योपा त्हें गरि  च्यु ल्होसार, स्योकै तथा विविध सांस्कृतिक कार्यक्रम २०७६ भब्यताका साथ सम्पन्न गरेको छ ।

संघको अध्यक्ष सुबेदार भक्त बहादुर त्होर्जे तमुको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका बयोवृद्ध सदस्य ना.सु. धर्मराज प्हच्यु  तमुको प्रमुख आतिथ्यतामा समाजका महिला(आमा) समिति, युवा समिति तथा आजीवन, साधारण सदस्यहरु र  परिवारहरुको बाक्लो उपस्थिति रहेको थियो |

उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष सु.मे.  प्रेम बहादुर तमुले अतिथिहरु र समाजका सम्पूर्ण सदस्यहरुलाई च्यु ल्होसर शुभकामना दिदै स्वागत गरेका थिए । बिशेस अतिथी समाजका सदस्य एवं  तमु प्ये ल्हु संघ केन्द्रिय अध्यक्ष हितकाजी टु  तमु, निवर्तमान अध्यक्ष तथा सल्लाहकार  सु.मे. नरकाजी टु तमु, समाजका सदस्य एवं तमु संस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्रबहादुर सरब्ज तमु, समाजका एव तमु प्ये ल्हु संघ केन्द्रीय समितिका भू.पू. अध्यक्ष गौप्रसाद क्रोम्छे तमु, समाजका भ.पु. अध्यक्ष क्षेत्र तमु र समाजका सदस्य एवं तमु प्ये ल्हु संघ कास्की जिल्ला महिला समितिका अध्यक्ष अनिता योंजा  तमुले अतिथिहरु र समाजका सम्पूर्ण सदस्यहरुलाई च्यु ल्होसरको शुभकामना व्यक्त गर्नु भएको थियो ।

तमु पे ल्हु संघ केन्द्रिय समिति, कास्की जिल्ला समिति, केन्द्रिय महिला र युवा समितिले आयोजना गरेको अन्तरसमाज सामुहिक नृत्यमा समाजका सदस्य नृत्य समुहले  प्रथम स्थान जित्न सफल भएकोमा समाज द्वारा कलाकार समुहका सदस्यहरुलाई क्रेगी र क्रमु(शाल) पहिराई सम्मान गरेका थिए |

आफ्नो समाजका सदस्य हितकाजी टू तमु पुनः तमु प्ये ल्हु संघ केन्द्रिय समतिको अध्यक्षमा र शेखर ल्हेंगे तमु केन्द्रीय सह-कोषाध्यक्षमा  सर्बसम्मत मनोनित भएको, चित्रबहादुर तमु , तमु सांस्कृतिक प्रतिष्ठान नेपालको अध्यक्षमा, अनिता योंजा तमु तमु प्ये ल्हु संघ कास्की जिल्ला महिला समितिमा पुनः अध्यक्ष पदमा अन्य सदस्यहरु  विभिन्न संघ, संस्था र समाजका उच्चा पदहरुमा निर्बाचित एवं मनोनीत भएकोमा अध्यक्षले बधाई, शुभकामना  दिदै क्रेगी र क्रमु(शाल) पहिराई सम्मान गरेका थिए |

त्यस्तै कार्यक्रममा समाजका सदस्य, फोटो पत्रकार एवं छ्याजालो न्युज डट कम् का संचालक, वेवसाइट डिजाइनर र फोटो पत्रकार  मणी लाल सरब्ज तमु आदिवासी जनजाती पत्रकार महासंघ गण्डकी प्रदेशका कार्यसमिति सदस्य एव अनुशासन बिभाग संयोजक/प्रमुखमा  मनोनीत भएकोमा अध्यक्षले बधाई, शुभकामना  दिदै क्रेगी पहिराई सम्मान गरेका थिए |

 

कार्यक्रममा समाज सदस्य सार्जन लालबहादुर सरब्ज तमुको नातिनी शृष्टि सरब्ज तमुले हंगकंग युनिभर्सिटी हंगकंग बाट शोसिओलोजिमा ब्याचलर पास गरि मास्टरमा अध्यन गरिरहेकोले अध्यक्षले बधाई, शुभकामना  दिदै  क्रमु(शाल) पहिराई सम्मान गरेका थिए |

क्होला ट्हो धीं तमु समाजका आमा-बाबाको  सामुहिक नृत्य समुहले तमु पे ल्हु संघ केन्द्रिय समिति, कास्की जिल्ला समिति, केन्द्रिय महिला र युवा समितिले आयोजना गरेको अन्तरसमाज सामुहिक नृत्य प्रतियोगितामा आफ्नो गीत “छी थोबर हयाले, सिं थोबर हयाले”  गीतमा नृत्य गरि प्रथम स्थान प्राप्त गरि आफ्नो गीतलाई युट्युब, फेसबुक एव बिभिन्न सामाजिक संजालमा बहुचर्चित/भाइरल बनाइदिएकोमा खुशी हुँदै  गीतका  रचनाकार, गीतकार, तमु प्ये ल्हु संघ युकेका आजीवन सदस्य  एव समाजका सदस्यका भान्जा पुरानो घर कोटगाउँ, घान्द्रुक हाल  युकेबासी  गम बहादुर योंजा तमुले क्होला ट्हो धीं तमु समाजलाई पुरस्कार स्वरूप  चालिस हजार पन्ध्र रुपियाँ (रु.४०,०१५ ) उहाँको भाई मन भक्त योंजा तमुद्वारा हस्तातरण  गरि बधाई तथा शुभकामना दिनु भएको छ  | 

उक्त गीतमा समाजको नृत्य समुहको अभिनय नृत्यमा म्युजिक भिडियो निर्माण  के कसरि गर्ने भनेर भविष्यमा समाजसंग बसी  सरसल्लाह गरि त्यहि निर्णय अनुसार, म्युजिक भिडीयो निर्माण  गर्ने  विचार गरिरहेको  उहाँले फेसबुक म्यासेन्जरबाट समाजका सदस्य, छ्याजलो न्युज डट कम का संचालक एवं पत्रकार  मणी सरब्ज तमुलाई कल(Call) गरि जानकारी  गर्नु भएको छ | गम बहादुर तमु बहुचर्चित गित  “क्होईबो धिं” गीतका शब्द रचनाकार र  गीतकार पनि  हुन्  जसको म्युजिक भिडियो  बनिसकेको छ |

 

 

कार्यक्रममा आमा  समितिका आमा समुहले कौरा नृत्य,  समाजका आमा-बाबाको  सामुहिक नृत्य समुहले तमु पे ल्हु संघ केन्द्रिय समिति, कास्की जिल्ला समिति, केन्द्रिय महिला र युवा समितिले आयोजना गरेको अन्तरसमाज सामुहिक नृत्य प्रतियोगितामा प्रथम स्थान जित्न सफल  गीत “सिं थोबर हयाले, छी थोबर हयाले” भन्ने गीतमा नृत्य  नृत्य र अन्य गीतहरुमा सामुहिक नृत्य  प्रस्तुत गरेका थिए |

अन्तमा सभाध्यक्षले च्यु ल्होसारको शुभकामना दिदै कार्यक्रममा  उपस्थीत सम्पूर्ण समाजका पदाधिकारी, सदस्यहरु, प्रमुख अतिथि, बिशेस अतिथि, कलाकारहरु र पत्रकारहरुलाई  कार्यक्रममा उपस्थित भएर कार्यक्रम भब्य सफल बनाएकोमा धन्यवाद ज्ञापन दिदै कार्यक्रम समापन गरेका थिए |

उक्त कार्यक्रमको संचालन समाजका सह-सचिव एवं समाजका  पच्यु गुरु कुलबहादुर क्रोम्छे तमुले   गरेका थिए |

    

   

    

   

    

    

    

    

   

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments