
सबै उस्तै लाग्छ ठम्याउन, सारो भयो हजुर
को आफ्नो को पराई, चिन्न गारो भयो हजुर
सबै उस्तै लाग्छ ठम्याउन, सारो भयो हजुर
मुखले मिठो बोलेर मख्खै पार्न,कत्ति जान्ने आखिरमा आखाभित्रको, छारो भयो हजुर यो गर त्यो गर साथ सधै दिने गरुला भन्नेको
अजङ्ग हात्तीको जस्तै दुइटा दारो भयो हजुर
एउटाको भर गरे,अर्कोले टाउको फर्काईहाल्छ
आफ्नै भर पर्छु अब,अरुलाई भारो भयो हजुर
म नारी अघि बढ्छु,केही गर्छु समाजमा भन्छु
दुइथरी मन भएका मान्छेहरु, तगारो भयो हजुर
_ पबित्र गुरुङ “Pabby”
|
![]() |