Google search engine
Homeसमाचार | NEWSप्रबास | NRNकोलोराडोमा दशैं–तिहार शुभकामना सांस्कृतिक सांझ सम्पन्न

कोलोराडोमा दशैं–तिहार शुभकामना सांस्कृतिक सांझ सम्पन्न

हिन्दुहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीहरुले शनिबार सांझ एक सांस्कृतिक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गरेका छन्।

नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजनामा तथा नेपाली घर, दिदीबहिनी समूह, NRN, नेःवा खल, BDA, INLS, ग्लोवल फोरम लगायतका संस्थाहरुको सह आयोजनामा दशैं–तिहार शुभकामना सांस्कृतिक सांझ कार्यक्रम सम्पन्न भएको हो।

रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपाल ओम बड्स कमिटीका सदस्य तथा समाजसेवी रोहीणी शर्माको प्रमुख आतित्थ्यता तथा बरिष्ठ गायक प्रकाश श्रेष्ठ, बरिष्ठ कलाकार कृष्ण मल्ललगायत स्थानीय कलाकारहरुका माझ उनीहरुले बिभिन्न सांस्कृतिक कार्यक्रम गर्दै महान चाड मनाएका हुन्।

नेपाल र अमेरिकाको राष्ट्रिय गान गाएर तथा कार्यक्रमका प्रमुख अतिथिबाट पानसमा बत्ती बालेर शुरु गरिएको कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, गन्यमान्य, व्यावसायी, बुद्धिजीवी, कलाकार, साहित्यकार, पत्रकार, नेपाल र नेपालीप्रति सद्भाव राख्ने स्थानीय अमेरीकीहरु तथा सर्बसाधारणको उपस्थिति रहेको थियो।

आयोजक संस्थाका निवर्तमान अध्यक्ष बिनोद त्रिपाठीले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कोलोराडोमा नेपाली समुदायको जेठो यस संस्थाले स्थापना कालदेखि हालसम्म नेपाली भाषा धर्म संस्कृति संरक्षण र पहिचाहनमा निरन्तरता दिईदै आईरहेको बताउदै यस अभियानमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिए। सोही मंञ्चमा आयोजक संस्थाका पदाधिकारीहरुले देउसी भैलो खेली नेपाली संस्कृतिको पहिचाहन गराएका थिए।

कार्यक्रमको दोश्रो चरणमा सांगितिक कार्यक्रम संचालन भएको थियो । स्थानीय बाल कलाकारहरुले नेपाली संगीतमा कुशल नृत्य प्रस्तुत गरेका थिए। त्यसैगरी बरिष्ठ गायक प्रकाश श्रेष्ठ तथा स्थानीय कलाकारहरु शशि रावल, रीमा होडा गुरुङ, मनोज तुलाधर, दिपक गौतम, प्रकाश पौडेल लगायतका कलाकारहरुले बिभिन्न लोक, आधुनिक तथा राष्ट्रिय गीतहरु गाएर सहभागीहरुलाई नचाएका थिए।

कार्यक्रमलाई सफलताका साथ सम्पन्न पार्न सहयोग गर्नुहुने दाता, कार्यक्रममा उपस्थित भई आपनो कला प्रस्तुत गर्नुहुने सम्पूर्ण कलाकाहरुलाई आयोजक कमिटीका पदाधिकारी तथा गन्यमान्यहरुबाट खादा लगाईदिई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो।

संस्थाका महासचिव अर्जुन बगाले र साहित्यकार तारा अधिकारीद्धारा संयूक्त रुपमा कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रमको अन्तमा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापती टिका पौडेलले उपस्थित सबैलाई दशै, तिहार, छटलगायत सम्पूर्ण चाड पर्वको शुभकामना दिदै कार्यक्रम सफल पार्न बिभिन्न माध्यमबाट सहयोग गनुहुने सबैलाई धन्यवाद दिएका थिए।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments