Google search engine
Homeसमाचार | NEWSमनोरञ्जन | ENTERTAINMENTकोरोना नियन्त्रण कोषमा सहयोग गर्दै जिफानले जयन्ती मनायो

कोरोना नियन्त्रण कोषमा सहयोग गर्दै जिफानले जयन्ती मनायो

पोखरा । हुम तमु/ ‘सबैको मनभित्र गुरुङ चलचित्र’ नाराका साथ क्रियाशील गुरुङ फिल्म एशोसियसन नेपाल (जिफान)ले मंगलवार गुरुङ चलचित्रको रजत जयन्ती मनाएको छ।

२०५२ सालको बैशाख २३ गते पहिलो गुरुङ चलचित्र ‘पाते’को शुभमुहुर्तको दिनलाई रजत जयन्ती र उक्त वर्ष नै ‘न्हयाम्सो न्होरी’ र ‘स्वदेशको माटो विदेशको पिडा’ निर्माण भएको २५ औं वर्षको अवसरमा गण्डकी प्रदेश सरकारलाई ५० हजार रुपैया सहयोग हस्तान्तरण गर्दै जिफानले रजत जयन्ती मनाएको हो ।


कोभिड १९ कोरोना भाइरसले विश्व नै लकडाउन भइरहेको विषम परिस्थितीमा प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण र उपचार कोषमा जिफानले प्रदेश सरकारलाई संकटको अवस्थामा सहयोग गरेर सिर्जनात्मक ढंगले रजत जयन्ती मनाएको हो ।

जिफानका अध्यक्ष भोजबहादुर गुरुङ, संस्थापक अध्यक्ष तथा सल्लाहकार माओत्से गुरुङ, महासचिव मनोज गुरुङ, प्राविधिक प्रमुख प्रेम गुरुङ मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पुगी मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोषका लागि ५० हजारको चेक हस्तान्तरण गरेका हुन् ।

चेक ग्रहण गर्दै मुख्यमन्त्री गुरुङले मुलुकलाई समस्या परेको बेला संघ संस्थाको साथले जस्कोसुकै चुनौति पनि सामना गर्ने आँट मिलेको भन्दै जिफानलाई धन्यवाद र रजत जयन्तीको शुभकामना समेत व्यक्त गरे । उनले आगामी दिनमा प्रदेश सरकार सबै संघ संस्थासँग सहकार्य गरेर अघि बढ्ने बताए ।

जिफानका अध्यक्ष भोजबहादुर गुरुङले कोरोनाको कहरको बेला रजत जयन्ती मनाउन सक्ने अवस्था नरहेको र कोरोना नियन्त्रणका लागि जिफानको पनि दायित्व भएकाले विभिन्न सल्लाह सुझाव र जिफानको निर्णयानुसार संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत प्रदेश सरकारलाई थोरै भने पनि सहयोग गरेकोे बताउए ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments