
हुम तमु/पोखरा, १४ बैशाख
विश्वमा फैलिएको महाव्याधि कोभिड १९ कोरोना भाइरस रोकथाम, नियन्त्रण र संक्रमितको उपचारका लागि हिमाली साँस्कृतिक परिवारले २० हजार एक रुपैया सहयोग गरेको छ।

पोखारा ९ पुरानो बसपार्कमा कार्यालय रहेको नेपाली मौलिक लोक सँस्कृति संरक्षण र विकासका लागि क्रियाशील हिमाली साँस्कृतिक परिवारले गण्डकी प्रदेश सरकारलाई १० हजार र पोखरा महानगरपालिकालाई १० हजार एक रुपैया गरी २० हजार एक रुपैया हस्तान्तरण गरिएको हो। लोक संस्कृति संरक्षणमा जुटिरहेको स्वयंसेवी संस्था हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय परिसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई १० हजार रुपैयाको चेक सहयोग स्वरुप हस्तान्तरण गर्नुभएको हो।
उक्त अवसरमा मुख्यमन्त्री गुरुङले संकटको बेला सहयोगका निम्ती धन्यवाद व्यक्त गर्नुभयो भने अध्यक्ष गुरुङले कोरोना भाइरसको संकटमा सानो सहयोगसहित प्रदेश सरकारसँगै सहकार्यका लागि सहभागीता जनाएको बताउनुभयो।

यसरी नै हिमाली साँस्कृतिक परिवारले पोखरा महानगरपालिका विपद व्यवस्थापन कोषमा आज नै १० हजार एक रुपैया हस्तान्तरण गरेको छ। पोखरा महानगर कार्यालय परिसरमा आयोजित कार्यक्रममा परिवारका अध्यक्ष मेनकाजी गुरुङले महानगर प्रमुख मानबहादुर जिसीलाई कोरोना नियन्त्रणका लागि उक्त चेक हस्तान्तरण गर्नुभएको थियो।