
हुम तमु/पोखरा, १४ बैशाख
विश्वमा फैलिएको महाव्याधि कोभिड १९ कोरोना भाइरस रोकथाम, नियन्त्रण र संक्रमितको उपचारका लागि तमु साँस्कृतिक प्रतिष्ठान नेपालले १० हजार रुपैया सहयोग गरेको छ।

पोखरा ११ रानीपौवामा कार्यालय रहेको, उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ क्रियाशील तमु साँस्कृतिक प्रतिष्ठान नेपालले गण्डकी प्रदेश सरकारलाई कोरोना भाइरस नियन्त्रण र उपचार कोषमा १० हजार रुपैया सहयोग गरेको छ। कोरोनाको महामारी रोकथाम, नियन्त्रण र संक्रमितको उपचारमा प्रदेस सरकारलाई सघाउन प्रतिष्ठानका तर्फबाट अध्यक्ष चित्रबहादुर गुरुङले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई उक्त चेक हस्तान्तरण गर्नुभएको हो। सहयोग ग्रहण गर्दै मुख्यमन्त्री गुरुङले महामारी विरुद्ध सहयोगको हात फैलाएकोमा प्रतिष्ठानलाई धन्यवाद व्यक्त गर्नुभयो। प्रतिष्ठानका अध्यक्ष गुरुङले विश्व नै महामारीको संकटको बेला संस्थागत सामाजिक उत्तरदायित्व महसुस गरी सहयोगमा जुटेको बताउनुभयो।