Google search engine
Homeस्वास्थ्य | HEALTHकोरियामा निर्मल गुरुङ बचाउ अभियान सुरु, आर्थिक सहयोगको आव्हान

कोरियामा निर्मल गुरुङ बचाउ अभियान सुरु, आर्थिक सहयोगको आव्हान

बोम्जन गुरुङ, सउल कोरिया उच्च रक्तचापको कारण मस्तिष्क पक्षघात जस्तो जटिल रोगले अस्पतालमा अचेत अवस्थामा रहेका उपचारार्थ निर्मल गुरुङलाई कास्की परिवार दक्षिण कोरिया र तमू धीं दक्षिण कोरियाको विशेष पहलमा “निर्मल गुरुङ बचाउ अभियान” शुरु गरिएको छ ।

ईपिएस प्रणाली मार्फत कोरिया प्रवेश गरेको भएपनि हाल उनी अवैधानिक रहेको कारण बिमा सुविधाबाट बञ्चित भएको कारण एनआरएनए कोरिया र एमटियुको कानुनी सहयोगमा उक्त अभियान सञ्चालन गरिएको हो । कोरियाको थाङ्जिन क्षेत्रमा गत ११ तारिक दिउँसो अचानक बेहोस भएका उनलाई छुङ्छङनाम्दो थाङ्जिन छोङ्हाप अस्पताल (당진 종합 병원) मा भर्ना गरिएको छ । अझै अचेत अवस्थामा रहेका उनको रेजरिङ्ग मार्फत नशामा जमेको रगत निकालिरहनुपर्ने र अब तुरुन्तै टाउकोको जटिल खालको अपरेशन गर्नुपर्ने भएको छ ।

उपचार खर्च एक करोड कोरियन वोन (दश लाख नेपाली रुपैंया) आईसकेको अवस्थामा झनै जटिल खालको अपरेशनको लागि ठूलो रकम आवश्यक पर्ने भएको हो । कास्की जिल्लाको भदौरे पुर्ख्यौली घर र पोखरा लेखनाथ २ स्थायी घर भएका उनका घरपरिवारले समेत सहयोग अपिल गरेको हुनाले कोरियास्थित कास्की परिवार र तमू धींले संयुक्त विज्ञप्ति जारी गर्दै आर्थिक सहयोग जुटाउन कोरियामा क्रियाशील विभिन्न संघसंस्था एवं सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा सहयोगको लागि अपिल गरेको छ ।

सहयोगको लागि

खाता नं.357-910387-65907 (KEB Hana 081)

खाता बाहकको नाम: Giri Prabin

सम्पर्क नम्बर : 01056370286

(जीवनमरणको दोसाधमा रहेका उनको जीवनरक्षाको लागि २०२१ जनवरी १७ देखि १५ दिनसम्म “निर्मल गुरुङ बचाउ अभियान” सञ्चालनमा छ । बिरामीको अवस्था र अन्य जानकारीका लागी जारी विज्ञप्ति हेर्नुहुन अनुरोध छ ।)

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments