Google search engine
Homeसमाचार | NEWSविश्व | WORLDकोरियामा कबड्डी ४ को पहिलो शो जुलाई १० मा हुने

कोरियामा कबड्डी ४ को पहिलो शो जुलाई १० मा हुने

२८ जून २०२२, कोरिया पछिल्लो समय धेरै चर्चामा आएको सुपरहिट बहुप्रतिक्षित नेपाली कथानक चलचित्र कबड्डी ४ दि फाईनल म्याच दक्षिण कोरियाको सउलस्थित छङ्राकुमिन ह्वेग्वान (중랑구민회관 서울 중랑구 면목로 238) मा प्रदर्शन हुने भएको छ ।

तमू धीं दक्षिण कोरियाले चलचित्र निर्माण पक्षसँग आवश्यक सम्झौता र आधिकारिकव अनुमति लिएर उक्त चलचित्र आउँदो जूलाई १० मा कोरियामै पहिलो शो गर्ने तयारीमा जुटेको हो ।

उक्त चलचित्रको पहिलो शो दिनको ०१:०० बजे गरिने र दर्शकको चाप र आवश्यकता हेरेर सोही दिनमा अर्को शो को व्यवस्था पनि गर्न सकिने आयोजकले जनाएको छ । दर्शकको सहजताका लागि दोङ्देमुन ३ नम्बर गेटबाट दिउँसो ठिक १२:०० बजे छुट्ने गरी निःशुल्क बसको व्यवस्था गरिएको छ । हलसम्म पुग्नको लागी सउल मेट्रो लाईन नम्बर ७ को दोङमासान स्टेशन गेट नम्बर १ बाट पैदल दुई मिनेटमा पुग्न सकिनेछ ।

कोरोना कहरबाट जनजीवन सामान्य बन्दै गएको स्थितिमा कोरियामा रहेको नेपाली जनसमुदाय विचको आपसी सद्भावको निरन्तरता साथै नेपाली चलचित्रलाई प्रोत्साहन दिने उद्धेश्यले चलचित्र प्रदर्शनको तयारीमा जुटेको तमू धीं दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष लेसन गुरुङले बताए । आवश्यक सम्झौता र प्रक्रिया पूरा गरि अन्य ईच्छुक संस्थाहरुले तमू धीं दक्षिण कोरियालाई सम्पर्क गरी प्रदर्शनमा ल्याउन सक्नेछन् ।

चलचित्र हेरेर भरपूर मनोरञ्जन लिनुहुन कोरियास्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजकले हार्दिक अनुरोध गरेको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments