Google search engine
Homeसमाचार | NEWSखेलकुद | SPORTSकोरियाको थेगुमा अक्टोबर ०२ मा "प्रथम लाफा भलिबल प्रतियोगिता" हुने

कोरियाको थेगुमा अक्टोबर ०२ मा “प्रथम लाफा भलिबल प्रतियोगिता” हुने

 कोरिया कोरिया स्थित नेपाल मगर संघ थेगु शाखाको आयोजनामा आउँदो अक्टोबर ०२ मा प्रथम लाफा भलिबल प्रतियोगिता २०२२ आयोजना हुने भएको छ । स्वास्थ्य र मनोरञ्जनका लागि खेल, परदेशमा नेपालीहरुको मेल” भन्ने उद्घोषसँगै थेगु सहरको नजिकै खेलमैदान (대구 달성군 구지면 달성 2 차 2로 96 (2 호 그린 공원) मा सो प्रतियोगिता हुने भएको हो । प्रतियोगिता मार्फत कोरियामा रहेका नेपालीहरु विचको आत्मियता र बन्धुत्वको भावना अभिबृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै समाज घर व्यवस्थापन तथा आकस्मिक राहत कोष स्थापना सहयोगार्थको रुपमा सो प्रतियोगिता आयोजना गरिएकोले मनोरञ्जनसँगै पुण्य कार्य पनि जोडिएको संस्थाका अध्यक्ष चिरन थापाले बताए ।

प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २२ लाख र १२ लाख कोरियन वोन प्रदान गरिने साथै सान्त्वना पुरस्कार स्वरुप दुई टिमलाई ३ लाख ५० हजार कोरियन प्रदान गरिने बताउँदै अन्य विधातर्फ उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिफ्टर र उत्कृष्ट डिफेन्डर र उत्कृष्ट ब्लकरलाई जनही ५० हजार कोरियन वोन सहित मेडल र प्रमाण पत्र प्रदान गरिने खेलकुद संयोजक नेत्र सोराली मगरले जानकारी दिए । संस्थाले प्रवासमा रहेर पनि आफ्नो जातीय संस्कृति, अस्तित्व, मौलिकता र परम्पराको संरक्षण र सम्बर्द्वनमा महत्त्वपूर्ण भूमिका खेल्दै आईरहेको र अन्य संघसंस्थाहरुसँग निरन्तर सहकार्य गरिरहेको सन्दर्भ उल्लेख गर्दै प्रतियोगिता सफल बनाउन मनकारी व्यक्ति तथा संस्थाहरुको सहयोग प्राप्त भईरहेको संस्थाका महासचिव खडक घर्ती मगरले स्पष्ट पारे ।

नेपाल मगर संघ थेगु शाखाद्वारा आयोजित प्रथम लाफा भलिबल प्रतियोगिता २०२२ मा सहभागिता जनाउन सेप्टेम्बर २५ सम्म टिम दर्ता गर्न सकिने, टिम दर्ता शुल्क स्वरुप ३ लाख ५० हजार कोरियन वोन निर्धारण गरिएको र प्रतियोगिता स्थलमा स्वादिष्ट नेपाली परिकारहरुको व्यवस्था समेत रहेको कार्यक्रम संयोजक कमल थापा मगरले जानकारी दिएका छन् ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments