
किरण होमियो फार्मेसी रामबजारको संचालक एवं अल नेपाल होमियोप्याथिक एसोसिएसन गण्डकी प्रदेश समिति उपाध्यक्ष किरण गुरुङको प्याकिङ व्यवस्थापनमा आफ्नो समाज पोखरा-७ स्थित स्याङ्जा रापाकोट मिलिजुली तमु समाजलाई Ars.Alb.30c रोग प्रतिरोधात्मक औषधि वितरण गरेको छ |

तमु प्ये ल्हु संघ केन्द्रिय समितिको समन्वयमा अल नेपाल होमियोप्याथिक एसोसिएसन गण्डकी प्रदेश समितिको व्यवस्थापनमा Ars.Alb.30c शक्तिवर्धक औषधी आज असार १८ गते पोखरा-७ स्थित स्याङ्जा रापाकोट मिलिजुली तमु समाजलाई समाजका कार्यवाहक अध्यक्ष सइ कर्ण बहादुर तमु र सचिव क्या.धन प्रसाद तमुको हस्ते ९७ घरधुरी बराबरको फेमिली प्याकेज वितरण गरिएको हो ।

यसरी वितरण गरिएको एक फेमिली प्याकेज बराबर ५ जना परिवारलाई एक महिना पुग्ने सो औषधीको कुनै साइड इफेक्ट नभएको र दुई वर्ष भन्दा मुनिका बाबुनानी, गर्वअवस्था भएको माहिला र अशक्त विरामी (Bed patient) बाहेक अन्यले निर्धक्क सेवन गर्न सक्ने कुरा अल नेपाल होमियोप्याथिक गण्डकी प्रदेश समितिका अध्यक्ष डा.बिष्णु प्रसाद चापागाईंले बताएको छ ।
जनसमुदायमा होमियोयाथिक औषधीको माग बढे अनुसार तमु प्ये ल्हु संघ केन्द्रीय समितिको समन्वय र किरण होमियो फार्मेसी रामबजारको प्याकिङ व्यवस्थापनमा पाइला फिल्मस प्रा.लि.को ब्यानरमा निर्मित गुरुङ चलचित्र ङ्हेल्स्यो (सैना) को युनिट र मिलन फाउन्डेसन नेपालले औषधी वितरण सहकार्य गर्दै आइरहेको छन ।

