Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALकास्की जिल्ला कार्यसमिति  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २२ औं साधारण...

कास्की जिल्ला कार्यसमिति  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २२ औं साधारण सभा समापन

कास्की जिल्ला कार्यसमिति  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २२ औं साधारण सभा समापन

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीको २२ औं साधारण सभा समापन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीको २२ औं साधारण सभा एक कार्यक्रम वीच समापन भएको छ । पोखरा साइमनपार्टी प्यालेसमा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष तथा कलाकार कल्याणकारी कोषका अध्यक्ष पुरुषोत्तम न्यौपानेले गर्नुभएको थियो ।

न्यौपानेले प्रतिष्ठानको संस्थागत विकासमा सहयोग नगर्ने कलाकारलाई कल्याणकारी कोषबाट सहयोग नगर्ने जानकारी दिनुभयो । साथै सहयोग नगर्ने कलाकारको नाम जिल्लाबाट सिफारिस नगर्न समेत आग्रह गर्नुभयो । उहाँले अधिवेशनमा पदको लागि मरिहत्य गर्ने तर काम नगर्ने प्रचलनको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठान नेपालका प्रशासनिक सचिव जीवन दाहालले प्रतिष्ठानले कलाकारलाई एकीकृत गराउनुका साथै हकहितका लागि काम गरेको जानकारी दिनुभयो ।

उक्त अवसरमा अग्रज लोक गायिका ज्ञानसरा (ज्ञानु) जुग्जाली मगर, कास्की आदर्श समाज साउदी अरबका अध्यक्ष अमर सापकोटा, समाजसेवी राजेन्द्र जिसी, नेपाल टेलिभिजनबाट प्रसारित हास्य टेली सिरियल मेरी बास्यैका निर्देशक दिवाकर भण्डारी (सापटी काका), कार्यसमितिका उत्कृष्ट सदस्य विनोद विश्वकर्मालाई दोसल्ला र सम्मानपत्र मार्पmत सम्मानित हुनुभएको छ । कास्की आदर्श समाज साउदी अरबका अध्यक्ष सापकोटाले प्रतिष्ठानको कोष वृद्धिको लागि १ लाख ५ हजार प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

कार्यक्रममा लोक दोहोरी गीत प्रतिष्ठान नेपालका संरक्षक पूर्णबहादुर ह्योल्मो, प्रतिष्ठान नेपाल गण्डकी प्रदेशका अध्यक्ष राजन कार्की, प्रतिष्ठान नेपालका पूर्व उपमहासचिव चोलेन्द्र पौडेल, लोक दोहोरी गीत प्रतिष्ठान कास्कीका पूर्व अध्यक्ष शिवहरि पौडेल बोल्नुभएको थियो । त्यसैगरी सल्लाहकार संयोजक सोमनाथ बाँस्तोला, प्रथम उपाध्यक्ष परशुराम अधिकारी, संगीत विभाग प्रमुख सुनील गायक पनि बोल्नुभएको थियो ।

कार्यक्रममा प्रतिष्ठान कास्कीका प्रथम उपाध्यक्ष परशुराम अधिकारीले प्रस्तुत गर्नु भएको थियो भने, सांगठनिक प्रतिवेदन तथा कोषध्यक्ष नवराज अधिकारीले प्रस्तुत् गर्नुभएको थियो । कार्यक्रमका अध्यक्षता प्रतिष्ठान कास्कीका अध्यक्ष तुलसी क्षत्रीको रहेको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments