Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALकर्म कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट श्रीसमगर सम्मानित

कर्म कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट श्रीसमगर सम्मानित

कर्म कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०७९ बाट आदिबासी जनजाति पत्रकार (फोनिज)का अध्यक्ष रुद्रश्रीस मगर सम्मानित हुनुभएको छ । तमु धीं नेपालका संस्थापक अध्यक्ष कर्म कर्ण गुरुङको वैवाहिक वर्षगांठको अवसरमा स्थापित गरिएको र (फोनिज) कास्कीद्वारा प्रदान गर्दै आएको पुरस्कार आदिवासी जनजातीको उत्थानमा योगदान पु¥याउनुभएको भन्दै, श्रीसमगरलाई सम्मान गरिएको हो ।

मगरलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ, पुरस्कारदाता तमुधिका संस्थापक कर्म तमु लगायतले संयुक्त रुपमा भांग्रा, खादा, प्रमाणपत्र र नगद १० हजार रुपैयाँले सम्मान गर्नुभएको थियो । सम्मान पश्चात बोल्नुहुँदै, श्रीस मगरले पुरस्कारले हर्षित मात्र नभएर थप जिम्मेवार वोज भएको सुनाउनुभयो ।

आदिवासी जनजाति, पत्रकारीता क्षेत्रका लागि र आवाज विहीनहरुका निम्ती धेरै जीम्मेवारी बढेको अर्थमा पुरस्कारलाई लिइएको समेत उहाँले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले एउटा राईफलको गोलीले एक जनालाई मात्र प्रभाव पार्ने र पत्रकारको कलमले संसार हल्लाउने बताउनुभयो । पत्रकारहरुको अधिकार मात्र नभएर दायित्व पनि ठूलो भएकाले जहाअधिकारको खोज हुन्छ त्याहाँ कर्तव्यको पालना पनि पूरा हुने विश्वास गुरुङले गर्नुभयो ।

पुरस्कारदाता तमु धिँ नेपालका संस्थापक कर्म तमुले आदिवासी जनाजातिहरुको प्रोत्साहनको लागि वर्षगाठको अवसरमा पुरस्कारको स्थापना गरिएको बताउनुभयो । कार्यक्रममा तमु धिँका अध्यक्ष हुम बहादुर तमु, पोखरा महानगरपालिकाका उप–प्रमुख मन्जुदेवी गुरुङ लगायतले कार्यक्रममा बोल्नुभएको थियो ।  पुरस्कारदाता गुरुङ र सम्मानित व्यक्तीत्व श्रीसमगरका बारेमा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठले बोल्नुभएको थियो । कार्यक्रमको अवसरमा २०७९ सालको स्थानीय निर्वाचनमा निर्वाचित, पोखरा महानगरपालिकाका उप–प्रमुख मञ्जुदेवी गुरुङ, अन्नपूर्ण गाउँपालिका वडा नं ९को अध्यक्षमा निर्वाचित फोनिज कास्कीका निवर्तमान कोषाध्यक्ष रमेश गुरुङ र मादी गाउँपालिका वडा नं १ को अध्यक्षमा निर्वाचित हुनुभएका पूर्व कार्यसमिति सदस्य देवीजङ्ग गुरुङलाई भांग्रा, खादा र सम्मानपत्रले सम्मान गरिएको थियो ।

कर्म–कर्ण पुरस्कारका लागि तमु धिं नेपालका अध्यक्ष एवं पत्रकार हुमबहादुर गुरुङको संयोजकत्वमा प्रतिभा छनौट समिति गठन गरिएको थियो । जसमा पत्रकार दीपेन्द्र श्रेष्ठ, एमबी आस्था मगर, अधिवक्ता जुनाकुमारी गुरुङ र फोनिज, कास्की शाखाका अध्यक्ष दिलप्रसाद गुरुङ सदस्य रहनुुभएको थियो । भन्दा अघि अग्रज पत्रकारहरू रीता गुरुङ, हर्क आलेमगर, शान्ति तमु, तिलक पुनमगर, एमवी आस्था मगर, हुमबहादुर तमु, राज बहादुर तमु र उदयबहादुर अमात्य, सम्मानित हुनुभएको थियो ।

फोनिज कास्कीका अध्यक्ष दिल प्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष विनु थापा मगरले गर्नुभएको थियो भने, सचिव शुशील श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments