नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता, २०७९ अन्तर्गत करातेका १९ स्वर्ण पदकमध्ये बिभागिय नेपाल पुलिस क्लवले सर्वाधिक ९ स्वर्ण पदक हात पार्दै करातेमा आफ्नो बर्चस्व कायम गरेको छ । गत असोज २९ गतेदेखि बुधबारसम्म पर्वत सदरमुकाम कुश्मा बजारको बडागाउ“स्थीत सेमी कभर्ड हलमा भएको करातेको ५३ औं राष्ट्रिय कराते प्रतियोगितामा ९ स्वर्ण, ३ रजत र ५ कास्य पदक गरि १७ पदक सहित पुलिसले पहिलो स्थानमा बर्चस्व कायम राखेको हो । बिभागिय टोली शसस्त्र प्रहरी बलको एपीएफ क्लव दोस्रो भयो । एपीएफले ५ स्वर्ण, २ रजत र ७ कास्य सहित १४ पदकका साथ दोस्रो भयो । तेस्रो स्थानमा बिभागिय टीम नै हाबी भएको छ । तेस्रो स्थानमा नेपाली सेनाको त्रिभुवन आर्मी क्वलले २ स्वर्ण, ५ रजत र १ कास्य गरी ८ पदक सहित आर्मी तेस्रो भयो । कराँतेमा बागमती प्रदेशले २ स्वर्ण, २ रजत र ४ कास्य गरि ८ पदक हात पारेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशले १ स्वर्ण सहित ६ कास्य पदक प्राप्त गर्दा गण्डकीले ३ रजत र ३ कास्यमा चित्त बुझाएको छ । प्रदेश नम्बर १ ले ३ रजत र ६ कास्यपदक प्राप्त ग¥यो । लुम्बिनी प्रदेशले १ रजत र ३ कास्य पदक प्राप्त गर्दा कर्णालीले भने २ कास्य पदकमा मात्रै चित्त बुझाउन पर्यो। कर्णाली प्रदेशले २ कास्य पदक लिन सफल हु“दा मधेश प्रदेशले भने १ कास्यमा मात्रै चित्त बुझाएको छ ।
कराँतेमा १९ स्वर्ण, १९ रजत र ३८ कास्य सहित जम्मा ७ पदकका लागि खेल भएको हो । हतारमा भएको तयारीका बिच कराँतेका खेलाडीहरुले भने पर्वतमा खेल पूर्वाधारको अभाव भएको प्रतिकृया दिएका छन् । खेलको अन्तीम दिन खेलाडीलाई कुश्मा नगरपालिका का मेयर राम चन्द्र जोशीले पदक हस्तान्त्रण गरेका हुन । महिला बास्केटबलमा आर्मीलाई स्वर्ण नवौं राष्ट्रिय खेलकुद अन्तर्गत तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मीले स्वर्ण पदक हात पारेको छ । बुधबार भएको फाइनल खेलमा त्रिभुवन आर्मीले वाग्मती प्रदेशलाइ ४५–३० को अन्तरमा पराजित गरेको थियो । यो संगै वाग्मती प्रदेशले रजत पदक हात पारेको छ । प्रतियोगिताको पहिलो र दोस्रो चरणमा त्रिभुवन आर्मीले १०–८ र १४–७ को अन्तर कायम गरेको थियो । तेस्रो चरणमा भने वाग्मतीले उत्कृष्ट खेल प्रदर्शन गरि १२–८ को अन्तर बनायो । अन्तिम चरणमा वाग्मतीको कमजोर खेल प्रदर्शनको फाइदा उठाउदै आर्मीले १३–३ को फराकिलो अन्तर बनायो । आर्मीको जितमा प्रतीक्षा मगरले ११ अंक जोडेकी थिइन । सेमिफाइनल खेलमा वाग्मती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई र आर्मीले गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनलको यात्रा तय थियो। यसै गरि थ्री बाइ थ्री महिला बास्केटबलमा एपीएफले स्वर्ग पदक हात पारेको छ भने त्रिभुवन आर्मीले रजत पदक हात पारेको छ ।