‘कमीकमजोरी देखाउने काम पत्रकारहरुको धर्म हो’, मुख्यमन्त्री पोख्रेल
बिनु मगर, २०७८ फागुन १९ | पोखरा
सरकारी पक्षको कमीकमजोरी देखाउने काम पत्रकारहरुको धर्म भएको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्त्र नेपाली पोख्रेले बताउनुभयो ।
बुधबार पोखरामा भएको नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)को दोस्रो प्रादेशीक महाधिवेशनको उद्घाटन गर्नुहुँदै, पोख्रेलले यस्तो बताउनुभएको हो । पत्रकारहरुले निश्पक्ष, सत्य र तथ्य रुपमा कलम चलाउने हो भने, कमीकमजोरी सुधार्ने मौका मिल्ने मन्त्री पोख्रेलको विश्वास रहेको छ । धेरै जिम्मेवार व्यक्ती तथा नेताहरु जस्तो आफ्नो तारिफ नचाहेको भनाइ मन्त्री पोख्लले राख्नुभयो ।
यसै क्रममा मन्त्री पोख्रेलले असल पत्रकारको रुपमा आफुलाई स्थापित गर्नुका साथै इमानदारीता हुनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार पत्रकार महासंघको भवन नभएका स्थानमा भवन निमार्णका लागि १०/१० लाख रुपैयाँ आर्थिक सहयो गरिएको छ ।
कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेश सरकारले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
गण्डकी प्रदेशसका सांसद मिना गुरुङले पत्रकारीता गरिरहेको आदिवासी जनजाती पत्रकारहरुको जीवन, दैनीकी, दिनचर्या र पारिश्रमिकबारे फोनिजले के सोचीरहेको छ, भनी प्रश्न गर्नुभएको थियो । उहाँ आफै पनि संचारकर्मी भएकाले यसबारे चासो राखेर प्रश्न गरेको जानकारी दिनुभयो । फोनीजले पत्रकारहरुका लागि केही योजना ल्याउनुपर्नेमा जोड दिनुहुँदै सांसद गुरुङले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।