Sunday, May 22, 2022
Google search engine
Homeसमाचार | NEWSखेलकुद | SPORTS‘ए’ डिभिजन लिग : आज ब्रिगेड भर्सेस न्युरोड र मछिन्द्र भर्सेस आर्मी

‘ए’ डिभिजन लिग : आज ब्रिगेड भर्सेस न्युरोड र मछिन्द्र भर्सेस आर्मी

सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सोमबार दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दोस्रो चरण अन्तर्गतको अन्तिम दुई खेल हुन लागेका हुन्।

पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले  न्युरोड टिम (एनआरटी) को सामना गर्नेछ  । याे खेल दिउँसो १ बजे सुरु हुनेछ ।

आज ब्रिगेड लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ । उसले पहिलो खेलमा  विभागीय टाेली एपीएफ फुटबल  क्लबलाई ३-२ ले पराजित गरेको थियो ।  ब्रिगेड ३ अंकका साथ  पाँचौं स्थानमा  छ ।

एनआरटी पहिलो जितको खोजीमा  छ । ऊ पहिलो खेलमा  मछिन्द्र  क्लब २-१ गोल पराजित भएको थियो । अंक विहीन एनआरटी १२ औं स्थानमा छ ।

आजकाे दोस्रो खेलमा साविक विजेता मछिन्द्र क्लब र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले  प्रतिस्पर्धा गर्नेछन् ।  याे खेल साँझ पाैने पाँच बजे सुरु हुनेछ ।

मछिन्द्र आज लगातार दोस्रो जित निकाल्ने प्रयासमा हुनेछ । उसले पहिलो खेलमा एनआरटीलाई २-१ ले हराएको थियो । मछिन्द्र ३ अंक जोडेर छैटौं स्थानमा  छ ।

आर्मी भने पहिलो जित निकाल्न चाहन्छ  । उसले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो । आर्मी १ अंकका साथ आठौं स्थानमा छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments