एबीसी टेलिभिजनको उप–महाप्रबन्धक तथा समाचार संयोजकमा डण्ड तमू नियुक्त
काठमाडौं ५, बैशाख २०७९। एबीसी मिडिया प्रालिद्वारा संचालित एबीसी टेलिभिजनको उप–महाप्रवन्धक तथा समाचार संयोजकमा डण्ड तमू पुन नियुक्त हुनुभएको छ । एबीसी टेलिभिजनको केन्द्रीय कार्यालय न्यूप्लाजा काठमाडौंमा सोमवार आयोजित एक कार्यक्रमका बीच एबीसी टेलिभिजनका अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कँडेलले उप–महाप्रवन्धक तमूलाई स्वागत गर्नुभयो ।
नव वर्ष २०७९को सुरुवातसगै उहाँ पुन उक्त जिम्मेवारीमा फर्कनुभएको हो । उप–महाप्रवन्धक को पदभार ग्रहण गर्दै तमूले भन्नुभयो, ‘एवीसीको मुल मन्त्र अनुसार थप गुणस्तरिय समाचार संप्रेषणमा प्राथमिकता दिने बताउनुभयो ।