Google search engine
Homeसमाचार | NEWSप्रबास | NRNएनआरएनए कोरियाको अध्यक्षमा बिपिन कु. गुरुङले उम्मेदवारी दिने ।

एनआरएनए कोरियाको अध्यक्षमा बिपिन कु. गुरुङले उम्मेदवारी दिने ।

बोम्जन गुरुङ, कोरिया । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA) दक्षिण कोरियाको आठौं महाधिवेशन (२०२१-२०२३) हुने भएपछि बढ्दो गर्मीसँगै सदस्यता वितरण प्रक्रिया र चुनावी माहौल तातिदै गईरहेको छ । कोरोनाको संक्रमण र जोखिमको कारण इलेक्ट्रोनिक भोटिङ सिस्टमबाट सञ्चालन हुने उक्त महाधिवेशनका लागि समाजसेवी बिपिन कुमार गुरुङले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।

सन् २००१ मा कोरिया प्रवेश लगत्तै थुप्रै सामाजिक क्षेत्रमा निरन्तर आफ्नो सक्रिय उपस्थिति देखाउदै आइरहेका गुरुङले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA) दक्षिण कोरियाको पूर्व वरिष्ठ उपाध्यक्षको रुपमा रहेर अनुभव बटुलिसकेका छन् । समाजसेवाको पाटोलाई फराकिलो बनाउँदै उनी जनसम्पर्क समिति कोरियाको सल्लाहकार तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि, बागलुङ समाज दक्षिण कोरियाको संरक्षक, ब्याडमिन्टन संघ दक्षिण कोरियाको अध्यक्ष, तमु धींको केन्द्रीय सल्लाहकारको रुपमा आबद्ध रहेर कोरियास्थित नेपाली जनसमुदायमा एक परिचित व्यक्तित्व र सफल व्यवसायी समेत हुन् ।

समाजसेवा, असल चरित्र, जनसमुदायमा स्वच्छ र प्रभावशाली छवि लगायतको मूल्यांकनका आधारमा नेपाली राजदूतावास सउलको सिफारिस सँगै गुरुङ २०२० कोरिया सउल महानगरपालिका मानार्थ नागरिकता र यो वर्ष सउल लायन अफ द ईयर २०२१ बाट सम्मानित भएका छन् । विगतदेखि वर्तमानसम्म एनआरएनए सँग प्रत्यक्ष जोडिएर संस्थागत उद्धेश्य, मूल्य, मान्यता र गतिविधिलाई अत्यन्त नजिकबाट नियालेका गुरुङले यो पटकको अधिवेशनमा अध्यक्ष पदमा आफ्नो जित सुनिश्चित रहेको दावी गरे । यही मे २२ तारिकसम्म अनिवार्य सदस्यता प्राप्त गर्नुपर्ने र आफ्नो मताधिकार सुरक्षित गर्नुहुन अनुरोध गर्दै भारी मतले अध्यक्ष पदमा विजयी गराउनुहुन कोरियामा रहनुहुने समस्त दाजुभाई, दिदीबहिनीहरु समक्ष हार्दिक अपिल गरेका छन् ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA) दक्षिण कोरियाको आठौं महाधिवेशनको मिति छिट्टै सार्वजनिक गरिने जानकारीमा आएको छ । उक्त महाधिवेशनमा भाग लिन सदस्यता आवेदन प्रक्रिया पूरा गरेपछि मात्र आफ्नो मताधिकार सुरक्षित हुनेछ । यही मे महिनाको २२ तारिक राती १२ बजेसम्म मोबाईलबाट SMART NRNA एप डाउनलोड सदस्यता प्राप्त गर्न सकिनेछ । सदस्यता आवेदन सम्बन्धी सम्पूर्ण प्रक्रियाको जानकारी एनआरएनए दक्षिण कोरियाको आधिकारिक फेसबुक पेजबाट उपलब्ध गरिएको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments