Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALआदर्श नागरिक सम्मान अक्षयकोष क्या.गौबहादुर गुरुङ र उहाँको परिवारद्धारा स्थापना

आदर्श नागरिक सम्मान अक्षयकोष क्या.गौबहादुर गुरुङ र उहाँको परिवारद्धारा स्थापना

ताङतिङ गाउँका उदहारणीय व्यक्तित्व क्या.गौबहादुर गुरुङ र उहाँको परिवारद्धारा गाउँमा असल काम गर्ने नागरिकका लागि आदर्श नागरिक सम्मान अक्षयकोष स्थापना गर्नुभएको छ ।

ताङतिङ गाउँका उदहारणीय व्यक्तित्व क्या.गौबहादुर गुरुङ र उहाँको परिवारद्धारा गाउँमा असल काम गर्ने नागरिकका लागि आदर्श नागरिक सम्मान अक्षयकोष स्थापना गर्नुभएको छ ।

मादी–२ कास्कीका भूतपूर्व प्रधानपञ्च तथा समाजसेवी, शिक्षाप्रेमी स्वर्गीय हर्कजङ गुरुङ र उहाँकी धर्मपत्नी राजकुमारी गुरुङको स्मृतिमा उहाँहरुको छोरा क्याप्टेन गौबहादुर गुरुङ (एम.वि.ईं) र उहाँकी धर्मपत्नी कालीमाया गुरुङले मादी गाउँपालिका वडा नम्बर २ मा पर्ने ताङतिङ, सेतीखोला, रोहीगाउँ र घ्याम्राङ गाउँ भित्रबाट प्रत्येक वर्ष एकजना गाउँमा राम्रो तथा सह्रानिय काम गर्ने व्यक्तिलाई आदर्श नागरिक तथा आदर्श व्यक्तित्वको रुपमा सम्मान गर्न रु. २ लाख रुपैंयाँको अक्षयकोष स्थापना गर्नु भएकोे छ ।

उक्त दुई लाख रुपैयाँ मादी गाउँपालिका वडा नं. २ को वडा अध्यक्ष एकजङ गुरङलाई आज हस्तान्तरण गरिएको छ ।

सो रकमको व्याजबाट प्रत्येक वर्ष मादी गाउँपालिका वडा नं. २ बाट एक जना आदर्श नागरिक तथा आदर्श व्यक्तित्व छनोट गरी सम्मान गरिने मादी–२ का वडा अध्यक्ष एकजङ गुरुङले जानकारी दिनुभयो ।

यसैबीच उहाँहरुकै स्मृतिमा उहाँहरुको नातीनातिनिहरुबाट ताङतिङको हिमालय मिलन माधयमिक विद्यालयमा सर्वाेत्कृष्ट शिक्षक अक्षयकोष स्थापना गर्न दुई लाख प्रदान गर्नुभएकोे छ ।

विद्यालयमा अध्यापनरत शिक्षकहरुको सिकाइ उपलब्धि, नियमितता र कार्य क्षमता हेरेर प्रत्येक वर्ष विद्यालयको वार्षिकोत्सव समारोहमा एक जना शिक्षकलाई सर्वाेत्कृष्ट शिक्षकको रूपमा सम्मान गरिने विद्यालयका प्रधानाध्यापक प्रकाश गुरुङले जानकारी दिनुभयो ।

समाजसेवी शिक्षापे्रमी क्याप्टेन गौबहादुर गुरुङ (एम.बि.इ.) ले गाउँमा राम्रो काम गर्ने व्यक्तिलाई प्रोत्साहन गर्ने तथा शिक्षाको गुणस्तर बढाउन आफू र आफ्नो परिवारले उक्त अक्षयकोषहरु स्थाापना गरेको बताउनु भयो ।

स्वर्गीय हर्कजङ गुरुङ र उहाँकी धर्मपत्नी राजकुमारी गुरुङ

यसअघि भू.पू. प्रधानपञ्च तथा समाजसेवी हर्कजङ गुरुङको विशेष अनुरोध र पहलमा हिमालय मिलन माध्यमिक विद्यालयको भवन पाहार ट्रस्ट नेपालले दुई दशक अगाडि निर्माण गर्न सहयोग गरेको थियो । साथै साबिकको नामार्जुङ गाउँ पञ्चायत हाल मादी–२ को विकासमा उहाँको अतुलनीय योगदान रहेको छ ।

 

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments