Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALआत्महत्या रोकथाम तथा न्युनीकरण सम्बन्धी सचेतना कार्यक्रम समापन

आत्महत्या रोकथाम तथा न्युनीकरण सम्बन्धी सचेतना कार्यक्रम समापन

नेपाल प्रहरी कार्ययोजना २०७९ अन्तर्गत आत्महत्या रोकथाम तथा न्युनीकरण सम्बन्धी सचेतना कार्यक्रम समापन भएको छ । आइतबार पोखरामा भएको कार्यक्रमको उद्घाटन गर्नुहुँदै, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्राविधिक तथा समाज परिवर्तनसँगै आएको खराब विषय, आत्महत्या न्युनीकरणमा चुनौती रहेको बताउनुभयो । उहाँले साना कुरामा आत्महत्याको बाटो रोज्ने भएकाले जस प्रति परिवार नजिकका व्याक्तिहरुले सर्तकता अपनाउनुपर्ने आग्रह गर्नुभयो । आन्तरिक मामिला मन्त्री दोबाटे विश्वकर्माले आर्थिक अवस्था कमजोरी, अशिक्षा अबैध सम्बन्ध, छुवाछुत, घरेलु हिंसा, लगायतका कारणले आत्महत्या बढेको बताउनुभयो । आत्महत्या न्युनिकरणका लागि आर्थिक समृद्धि, शिक्षा तथा जनाचेतनामुलक कार्यक्रमको आयोजना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोला र गण्डकी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महनिरीक्षक रामदत्त जोसीले आत्महत्या हुन नदिन परिवार नै सचेत रहनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको सहजिकरण जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले गर्नुभएको थियो । कार्यक्रम हुनु अघि पोखरा रंगशाला गेट अगाडीबाट सुरु भएको ¥याली, वुद्धचोक हुँदै, कान्तिपुर पार्टीप्यालेसमा पुगेको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments