निर्वाचन आयोगको आयोजनामा निर्वाचन आचार संहिता २०७९ सम्बन्धि अन्तरक्रिया कार्यक्रम समापन भएकोछ । सवै नागरिकहरुलाई आगामी मंसिर ४ गते हुन लागेको निर्वानको आचार संहिताबारे जानकारी गराए, आचार संहिताका प्रभावकारी कार्यन्वयन हुने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । शुक्रबार पोखरा जिल्ला समन्वय समितिमा भएको कार्यक्रममा सरकारी तथा गैर सरकासरी संघसस्था विभिन्नि राजनीतिक दलका उम्मेदवारहरु साथै नागरिक समाजलगायतको सहभागिता रहेको थियो ।
आचारसंहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, व्यानर, डिजिटल डिस्प्ले जस्ता प्रचारात्मक सामग्री प्रयो गर्न पाइनेछैन भने, आवश्यकता अनुसार उम्मेदवारको निर्वाचन सम्बन्धी खर्च तथा खाता विवरण संकलन गर्ने, निर्देशन अनुसार काम गर्नुपर्नेछ । प्रशासनको अनुमति विना सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस आमसभा, कोण सभा वा भेला गर्न पाइने छैन । त्यसैगरी एउटै स्थानमा एक भन्दा वढी राजनीतिक दलले कुनै कार्यक्रम गर्न नपाइने लगायतका आचारसंहिताको नियम रहेको गण्डकी प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जानकारी दिनुभयो ।
अधिकारी पराजुलिका अनुशार नियमित रुपमा अनुगमन प्रतिवेदेन पठाउने, निर्वाचन आयोगले कुनकुन क्षेत्रमा कसरी खर्च गर्न सकिन्छ भन्नेबारे पनि तोकेको छ । जस अनुसार क्षेत्र हेरेर ३२ लाख सम्म खर्च गर्न पाइनेछ । उम्मेदवारले खर्चको स्रोत खुलाउनुका साथै पारदर्शी रुपमा खर्च आयोगलाई बुझाउनुपर्नेछ ।