Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALअयरपानी सामुदायिक होम स्टे अध्यक्ष घनश्याम सुबेदिद्वारा समुदघाटन सम्पन्न

अयरपानी सामुदायिक होम स्टे अध्यक्ष घनश्याम सुबेदिद्वारा समुदघाटन सम्पन्न

अयरपानी, स्याङ्गजा / मणी तमु  

स्याङ्गजा जिल्ला फेदीखोला गाउँपालिका वडा नम्बर १ मट्टिखान अयरपानी सामुदायिक होम स्टेमा आज एक औपचारिक कार्यक्रमका बिच फेदीखोला गाँउपालिका अध्यक्ष घनश्याम सुबेदिले होम स्टको ब्यानर पढेर तथा हस्ताक्षर गरि समुदघाटन गरेको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि घनश्याम सुबेदिले पछिल्लो समय अन्तरिक पर्यटकहरु शहरबाट टाढा शान्त, सुन्दर रमणीय गाउँ ठाँउमा जाने गरेका छन् र यसलाई होम स्टेले पुरा गर्ने बताउनु भयो । साथै यस होम स्टेले बैह्य एवं अन्तरिक पर्यटनलाई आकर्षित गरि गाउँ पालिकाको आर्थिक विकास गर्न टेवा पुगेकोमा आफु निकै खुशि लागेको र आफू र गाउँपालिकाले यसको विकासका लागि राजनैतिक, भौतिक एवं आर्थिक सहयोग सक्दो गर्ने बताउनु भयो ।


कार्यक्रममा स्याङ्गजा, फेदीखोला गाउँ पालिका वडा न. १ संग सिमाना जोडिएको पोखरा महानगरपालिका वडा नं २१ का वडा अध्यक्ष खगराज आचर्याले पोखरा २१ ले खानेपानि वर्ष सफलताका साथ मनाई सकेको अवस्था र अब पर्यटन वर्ष संचालनमा ल्याएर पर्यटन विकास गरि यस बडालाई चिनाउने बताउनु भयो ।

अएरपानी होम स्टेमा हाल ९ बटा घर बाट संचालनमा ल्याईएको यस होम स्टेमा करिब ३० जाना सम्म राख्न सकिने ब्यबस्था रहेको छ । आगमि बर्ष यसलाई ११ घर थपि २० घर पुराउने लक्ष्य रहेको यस होम स्टेका संयोजक एवं संचालक राजकुमार गुरुङले बताए ।

अयरपानी मट्टिखान जनाको लागि पोखराबाट पश्चिम छोरेपाटन हुँदै १२ किलोमीटर र सिद्धार्थ राजमार्गको फेदीखोला कुभिन्डेबाट ५.५ किमीमा पुग्न सकिन्छ भने स्याङ्गजा बाडखोला, नुवाकोट हुदै जना सकिन्छ । गुरुङ जातिको बाहुल्य भएको गाउँमा बोन, बुद्धिस्ट र हिन्दु धर्म, संस्कार, कला सस्कृती देख्न पाइन्छ |

अयरपानी मट्टीखान गाउँको भ्यु टावरबाट पूर्वमा पोखरा शहर, पश्चिममा फेदीखोला, भाटखोला र आँधीखोला र   उत्तरमा धौलागिरी, माछापुच्छ्रे र अन्नपूर्ण हिम सृंखलाहरु सामुन्ने छर्लङ्ग देख्न सकिन्छ |

होम स्टेम आउने पाहुनाहरुलाई गाउँमा उत्पादित ७०% अर्गानिक खाना खुलाउदै आएको जसमा गाउँमा उत्पादन गरिएको जापानी सिताके च्याउ लगायत अन्य लोकल कुखराको मासु, कोदो, मकै, सिस्नु, आलु सागसब्जी र विभिन्न खानाका परिकार बनाएर खुलाएको होम स्टेका अध्य्क्ष सपना गुरुङले जानकारी दिईन ।

 

फेदीखोला गाउँ पालिकाकि उप प्रमुख देवि थापा, वडा नम्बर १ का वडा अध्ययक्ष खिम क्षेत्रि, समाज सेवि चिनकाजि गुरुङ, हरि सुबेदी ,बेदनाथ सुबेदी, नरेन्द गुरुङ लगायतले आफना मन्तब्य दिएका थिए । सपना गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन राजकुमार गुरुङले गरेका थिए।

{vsig}photos/ayarpani-home-stay{/vsig}

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments