Google search engine
Homeसमाचार | NEWSयात्रा | TRAVELअमेरिकका कर्ण र सुचिता गुरुङले तमु प्रतिष्ठानमा छात्रवृत्ति अक्षयकोष स्थापना गर्न...

अमेरिकका कर्ण र सुचिता गुरुङले तमु प्रतिष्ठानमा छात्रवृत्ति अक्षयकोष स्थापना गर्न रु. ४ लाख ५ हजार आर्थिक सहयोग

अमेरिकका कर्ण र सुचिता  गुरुङले तमु प्रतिष्ठानमा छात्रवृत्ति अक्षयकोष स्थापना गर्न रु. ४ लाख ५ हजार आर्थिक सहयोग 
पोखरा, २०७७ असौज ७ । अमेरिका, जोर्जिया, एटलान्टा  निवासी सफल व्यवसायी, समाजसेवी एवम  युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिका(UGSA)का कोषाध्यक्ष  कर्णा तेल्मे तमु(गुरुङ) उहाँको धर्मपत्नी पम्फा गुरुङले तमु सांस्कृतिक प्रतिष्ठान नेपालमा  २ जना  गरिब तथा जेहेन्दार विद्यार्थी पढाउन “कर्ण र पम्फा गुरुङ  छात्रवृत्ति अक्षयकोष” स्थापना गरेको छ |

यसरी नै कोलम्बस, ओहाइओ नेवासी  युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिका(UGSA)का सांस्कृतिक बिभाग रोधीं मिदाका अध्यक्ष सुचिता प्ल्हेमे  तमु(गुरुङ) उहाँको श्रीमान फौदा प्हच्यु गुरुङले तमु सांस्कृतिक प्रतिष्ठान नेपालमा  १ जना  गरिब तथा जेहेन्दार विद्यार्थी पढाउन “फौदा र सुचिता गुरुङ”  छात्रवृत्ति अक्षयकोष” स्थापना गरेको छ  भने |

 

तमु प्ये ल्हु संघ केन्द्रिय महिला समिति, पोखरा शक्तीघाटको  एक औपचारिक कार्यक्रममा  अक्षयकोषदाता कर्ण तेल्मे तमुको दिदी एवं तमु प्ये ल्हु संघ, केन्द्रीय महिला समितिका अध्यक्ष पुष्प तेल्मे तमुले रु. २ लाख ८० हजारको चेक र अक्षयकोषदाता सुचिता प्ल्हेमे तमुका दाज्यु एवं तमु प्ये ल्हु संघ, युएइका भूपू अध्यक्ष एवं मादी गाउँ पालिका वडा नं २ का अध्यक्ष एक जंग प्ल्हेमे तमुले रु.१ लाख २५ हजारको चेक तमु सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्रबहादुर  गुरुङलाई  हस्तान्तरण गर्नु भयो  ।

चेक हस्तान्तरण गर्दै पुष्प तेल्मे तमु र एकजंग प्ल्हें तमुले  तमु प्रतिष्ठानले बिकट तमु(गुरुङ) गाउको गरिब तथा जेहन्दार तमु बिद्यार्थीहरुलाई छात्रवृति प्रदान गरि उच्चा शिक्षा पढ्न हौसला दिने  अत्यन्तै उदाहरणीय कार्य गरेको बताए। प्रतिष्ठानले गरेको उदाहरणीय कार्यबाट अति  प्रभावित  भइ  अमेरिका बासि भाई बहिनीले  प्रतिष्ठानको शुभ कार्यमा सहभागी भइ सहयोग गर्न प्रतिष्ठानको आजीवन सदस्य बनि ३ जना बिद्यार्थीहरुलाई  छात्रवृति अक्षयकोष स्थापना गरेको जानकरी गरे |

प्रतिष्ठान नेपालका निबर्तमान  अध्यक्ष चिजकाजी गुरुङले कार्यक्रममा  स्वागत गर्दै तमु सांस्कृतिक प्रतिष्ठानको स्थापनाको उद्देश्य र प्रतिष्ठानले गरी रहेको  गतिविधि बारे जानकारी गराउँदै अक्षयकोषदाता कर्ण गुरुङ, सुचिता गुरुङ र  परिवारलाई धन्यवाद व्यक्त गरे।

 

प्रतिष्ठान नेपालका अध्यक्ष चित्रबहादुर गुरुङले २०५८ सालमा जापानबाट शुरु भएको प्रतिष्ठानले शुरुमा एसएलसी टपरहरुलाई पुरस्कृत, राज्यको दृष्टि पुग्न नसकेको तमु श्रष्टाहरुलाई सम्मानसहित हाल १७  जिल्लाका १०० जना भन्दा बढी  ग्रामीण भेकका तमु विद्यार्थीहरुलाई वार्षिक ८/८ हजार छात्रवृत्ति प्रदान गदै आइरहेको जानकारी दिए। यसरी नै प्रतिष्ठानले उत्कृष्ठ आमा सम्मान, संस्कृतिकर्मी, पत्रकार, समाजसेवीलाई सम्मानसहित उच्च शिक्षाका लागि विद्यार्थीहरुलाई प्रोत्साहन गरिरहेको बताए। अन्तमा प्रतिष्ठान नेपालका आजीवन सदस्य बनि तिन जना विद्यार्थीहरुलाई छात्रवृत्ति अक्षयकोष स्थापना  गर्नु भएकोमा अक्षयकोषदाता कर्ण गुरुङ र सुचिता गुरुङ एवं  परिवारलाई धन्यवाद व्यक्त गरे।

अक्षयकोष रकम हस्तान्तरण कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितीका उपाध्यक्ष बुद्धिमाया लेम तमु, प्रतिष्ठानका निवर्तमान अध्यक्ष चिजकाजी तमु, कोषाध्यक्ष कौशिला तमु, सह कोषध्यक्ष श्याम तमु, सदस्य एवं वेबसाइट प्रबन्धक मणिलाल तमु, आजीवन सदस्य ओम तमु र तमु मै तँ कार्यक्रमका प्रबन्धक निर्देशक युग तमु उपस्थीत भएको थियो |

कार्यक्रमका स्वागत मन्तब्य निवर्तमान अध्यक्ष चिजकाजी तमुले गरेका थिए भने  सञ्चालन सचिव भेष  तमुले गरेका थिए । 


भिडियो (Video)


फोटो ग्यालेरी (Photo Gallery)

{AG}ugsa-scholarship-karna-suchita{/AG}

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments