गण्डकी प्रदेश सरकार मन्त्रि परिषदको वि.सं. २०७९ भदौ २८ गते बसेको बैठकले अपांगता अधिकार सम्बन्धी प्रादेशिक नीति पारित गरिएको छ । नीति पारित गरिएकोमा राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी प्रदेश कार्यालय पोखराले भदौ २९ गते एक प्रेस विज्ञप्तीमार्फत आभार व्यक्त गरेका छन् । प्रदेशका ११ वटैजिल्लाका अपांगता भएका व्यक्तिहरुको तर्फबाट समेत आभार व्यक्त गरिएको छ । साथै नीतिको कार्यान्वयन हुनेमा समेत उहाँहरुको पूर्ण विश्वस रहेको छ । नीतिको सफल कार्यान्वयनका लागि आवश्यक पर्ने प्रादेशिक ऐन र नियमावली पनि छिट्टै निर्माण हुनेबारे पनि पे्रस विज्ञम्तिमा उल्लेख गरिएको छ ।
पारित भएको नीतिले प्रदेशका अपांगता भएका व्यक्तिहरुका, आधारभूत मानव अधिकार प्रत्याभूत गर्न, सशक्तिकरण, विकास र समावेशीकरणमा महत्वपूर्ण योगदान पुग्नुका साथै स्थानिय तहको संरचन, सूचना र सेवाहरु अपांगता समाबेशी बनाउनमा ठूलो टेवा मिल्नेछ । नितिका लागि भुमिका खेल्नुहुने तत्कालिन सामाजिक विकास मन्त्री नरदेवी पुनमगर, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, मन्त्रालयका सचिव, कर्मचारीहरु, मस्यौदा निर्माण कार्यदलका सदस्यहरु लगायतलाई विज्ञप्ति मार्फत धन्यबाद दिइएको छ ।
विज्ञप्तिमा राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी प्रदेश कार्यालय पोखराका अध्यक्ष खोमराज शर्मा र सचिव कृष्ण प्रसाद अधिकारीको धन्यबाद सहितको हस्ताक्षर रहेको छ ।