अन्तर्राष्ट्रिय नेपाली समाज युएईद्वारा राहत खाद्यान्न सामाग्री सहयोग
मनु कोन्मे गुरुङ/युएई । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण लकडाउनमा परी युएईमा अलपत्र नेपाली नागरिकहरुलाई राहत खाद्यान्न सामग्री बितरण गर्नको लागि अन्तर्राष्ट्रिय नेपाली समाज युएईले २ हजार दिराहम अर्थात झण्डै नेपाली ६० हजार रुपैयाँ बराबरको राहत खाद्यान्न सामाग्री उपलब्ध गराएको छ।
राहत खाद्यान्न सामाग्री “कोभिड – १९ सूचना संकलन तथा संयुक्त राहत व्यवस्थापन मुल समिति युएई लाई १०००/- दिराहम बराबरको र गैरआवासीय नेपाली संघ युएई क्युआरएफ टिम लाई १०००/- दिराहम बराबरको उपलब्ध गराइएको छ। उक्त खाद्यान्न राहत सामाग्री अन्तर्राष्ट्रिय नेपाली समाज युएईका अध्यक्ष बाबुराम लोप्चन, अन्तर्राष्ट्रिय प्रवास बिशेष समितिका सचिव प्रमोद श्रेष्ठ, अन्तर्राष्ट्रिय नेपाली समाजका सल्लाहकार उत्तम अधिकारी, नेपाली समाज युएईका निवर्तमान महासचिव तथा वर्तमान सल्लाहकार मनि भुर्तेल, नेपाली समाज युएईका सल्लाहकार राजेन्द्र अधिकारी, नेपाली समाज युएईका अध्यक्ष गोबिन्द ढकाल, नेपाली समाज युएईका महासचिव बेद प्रसाद अर्याल, गैरआवासीय नेपाली संघ युएईका उपाध्यक्ष एवं क्युआरएफ टिमका संयोजक तथा नेपाल आदिवासी जनजाति महासंघ युएईका प्रमुख संरक्षक पासाङ शेर्पा र गैरआवासीय नेपाली संघ युएईका महिला संयोजक शोभा शर्मा लगायतको उपस्थितिमा नेपाली समाज युएई कोभिड – १९ मुल समिति अन्तर्गतका अध्यक्ष गोबिन्द ढकाल, गैरआवासीय नेपाली संघ युएईका उपाध्यक्ष एवं क्युआरएफ टिमका संयोजक तथा नेपाल आदिवासी जनजाति महासंघ युएईका प्रमुख संरक्षक पासाङ शेर्पा र महिला संयोजक शोभा शर्मालाई अन्तर्राष्ट्रिय नेपाली समाज युएईका अध्यक्ष बाबुराम लोप्चनले खाद्यान्न राहत सामाग्री हस्तान्तरण गर्नुभएको थियो।
गैर आवासीय नेपाली संघ युएई क्युआरएफ नेपाली टिम र नेपाली समाज युएई अन्तर्गत “कोभिड १९ सूचना संकलन तथा संयुक्त राहत व्यवस्थापन मुल समितिले युएईमा कोरोना भाइरसका कारण समस्यामा परेका झण्डै पन्ध्र हजार नेपाली नागरिकहरुलाई राहत खाद्यान्न सामाग्री उपलब्ध गराइसकेको छ।