Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALअन्तरक्रिया कार्यक्रम समापन

अन्तरक्रिया कार्यक्रम समापन

संचारिका समूह गण्डकी प्रदेशको आयोजना तथा कोपिला नेपाल, पोखरा लेडी जेसीजको सहकार्य र शान्तिका लागि नागरिक समाज कास्की, महिला मानव अधिकार रक्षक संजाल कास्कीको सहयोगमा अन्तरक्रिया कार्यक्रम समापन भएको छ । ‘भोट पहिला नेतृत्वमा महिला’ भन्ने मूल नाराका साथ मंगलबार पोखरामा, कास्कीका महिला उम्मेदवारसँग मंसिर ४ गते हुने निर्वाचनलाई विशेष लक्षीत गरी कार्यक्रमको आयोजना गरिएको हो ।

 

कार्यक्रममा प्रदेश सभा सदस्य गण्डकी प्रदेशका (समानुपातिक उम्मेदवार सरस्वती गुरुङ, कास्की क्षेत्र नम्बर २ प्रतिनिधि सभा उम्मेदवार नेकपा एमालेका विद्या भट्टराई (अधिकारी) राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट विष्णु कुमारी गुरुङ (एकता) लगायतले आप्mनो एजेण्डा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुको विजय पछि महिला अधिकारका लागि के गर्नुहुन्छ भन्ने, प्रश्नको जवाफ दिनुहुँदै, उम्मेदवारहरुले महिला अधिकार सुनिश्चितका लागि दवावमुलक अभियान चलाउने, ३३ प्रतिशत महिला सहभागिताका लागि जोड दिइने बताउनुभयो । त्यसैगरी संविधानमा भएका अधिकारलाई कार्यन्वयनका लागि पहल गरिने, विभिन्न खालका सचेताना मुलक अभियान चलाइने लगायतको जानकारी समेत दिइएको थियो ।

 

कार्यक्रमको उद्देश्य बारे संचारिका समुहका पूर्व अध्यक्ष निर्मला शर्माले प्रकाश पार्नुभएको थियो भने, कार्यपत्र संचारिका समुहका संस्थापक अध्यक्ष दुर्गा भण्डारीले प्रस्तुत् गर्नुभएको थियो । संचारिका समूह गण्डकी प्रदेशका अध्यक्ष कविता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कोपिला नेपालका कार्यकारी निर्देशक विना सिलवालले स्वागत मन्तव्य राख्नुभएको थियो भने, कार्यक्रम संयोजक जुना थापामगरले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । त्यसैगरी पोखरा लेडी जेसीजका अध्यक्ष लक्ष्मी अधिकारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments