तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद सिन्धुपाल्चोकका अध्यक्ष एवं वरिष्ठ समाजसेवी रबि गुरुङको अगुवाईमा स्वास्थ्य सामाग्री बितरण ।
तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद सिन्धुपाल्चोकका अध्यक्ष एबम वरिष्ठ समाजसेवी रबि गुरुङको अगुवाईमा सिन्धुपाल्चोक जिल्ला तिर्पुरा सुन्दरी गाउँपालिका वडा नं.२ अन्तर्गत लाटु,चोकटी,डांडा गाउँ , पबिदल, लुङुर्पा र बुङाथली गाउँमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एबम समाजसेबी गोपाल गुरुङ र समाजसेवी दिनेश गुरुङको संयोजकत्वमा नयाँ भेरियन्ट कोभिड – १९ कोरोना भाइरसले विश्व भरी नै आतंकित बनाएको अवस्थामा आफ्नो गाउँका जनताहरु लाई महामारी बाट बचाउने अभियानमा स्वास्थ्य सामाग्री बितरण गर्नको लागी उपलब्ध गराएका थिए ।
सिन्धुपाल्चोक तिर्पुरा गाउँपालिका अन्तर्गत वडा नं. २ का जनता लाई बितरण गर्नका लागी उपलब्ध गराएका स्वास्थ्य समाग्रीहरुमा मक्स- ७५० गोटा , सेनिटाइजर-१५ लिटर ,आइसुलेसन बेडको म्याट्रीक्स – ४ गोटा र लक्स हात धुने साबुन – ५५ गोटा रहेको जनाएको छ।
उक्त स्वास्थ्य सामाग्रीहरु बितरण गर्नको लागि बुङथली युवा क्लबलाई जिम्मेवारी दिएको समाजसेबी एबम कलाकार भिजन गुरुङ ले बताएका छन भने स्वास्थ्य सामाग्री बितरण गर्नको लागि क्लब लाई जिम्मेवारी दिई उपलब्ध गराइ दिएको भन्दै बिशेष धन्यवाद समेत दिएका छ्न ।