आदिवासी जनाजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गर्दै आएको ‘कञ्चन पत्रकारीता पुरुस्कारबाट पत्रकार द्धय कास्कीका उदयबहादुर अमात्य र लम्जुङका आश बहादुर गुरुङ पुरस्कृत हुनुभएको छ । फोनिजका २३ औं स्थापना दिवसको अवसरमा शुक्रबार पोखरामा भएको कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले पत्रकार द्धयलाई फेदा, प्रमाण पत्र र जनही २५÷२५ हजर रुपैयाँ नगद बाट सम्मान गर्नुभएको हो ।
उक्त अवसरमा बोल्नुहुँदै, प्रमुख गुरुङले विसंगती विकृती र भ्रष्टचार लगायतमा निश्पक्ष रुपमा कलम चलाउनका लागि पत्रकारहरुलाई आग्रह गर्नुभयो । आदिवासी जनाजातिहरुको अधिकार सुनिश्चितका लागि समेत कलम चलाउनुपर्नेमा उहाँले जोड दिनुभयो । साथै राज्य पनि आदिवासी जनाजातिहरुको हितका लागि सहयोग र संरक्षण गर्नुपर्नेमा आग्रह गर्नुभयो । पुरस्कृत पछि बोल्नुहुँदै , संस्कार संस्कृति संरक्षणका लागि सबै एक हुनु पर्ने बताउनुभयो ।
साथै पुरस्कारले जिम्मेवारी थपिएको बारे बोल्नुभएको थियो । वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरको संयोजकमा पुरस्कार छनोट समिति गठन गरिएको थियो । सदस्यहरुमा पत्रकार द्धय शान्ति गुरुङ र मनोज घर्ती मगर रहनुभएको थियो । स्व. पिता वेदमान गुभाजू र माता स्व. नेत्रकुमारी गुभाजूको स्मृतिमा युवा व्यवसायी विमलमान गुभाजू तथा परिवारद्वारा स्थापित कञ्चन पत्रकारिता पुरस्कार स्थापन गरिएको हो ।